arrow

प्रेस युनियनका केन्द्रीय सदस्य सञ्जय कार्कीलाई पत्नीशोक, गोसाइँकुण्ड पदमार्गमा ढुङगाले लागेर निधन

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
sanjay-namrata-karki.jpg

रसुवा। नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा नारायणी अञ्चल संयोजक सञ्जय कार्कीलाई पत्नीशोक परेको छ। कार्कीको पत्नी नम्रता कार्कीको गोसाइँकुण्ड गएका बेला पहिरोमा परेर निधन भएको हो। 

रौतहट चन्द्रनिगाहपुरकी ३८ वर्षीया नम्रता कार्कीको पहिरोमा परि निधन भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले दिउँसो पुष्टी गरेका थिए।  

साथीहरुसँग गोसाइँकुण्डतर्फ जाने क्रममा धुञ्चेभन्दा एक घण्टाको दूरी पूर्व पैदल मार्गमा पर्ने मिनिगोसाइँकुण्ड आसपासका क्षेत्रमा गएको पहिरोसँगै आएको ढुङगाले टाउकोमा लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

कार्कीका आफन्तजनका अनुसार कार्कीको शव रसुवा सदरमुकाम धुन्चे ल्याइएको छ। शनिवार विहान काठमाडौं ल्याइ शनिवार नै अन्तिम संस्कारका लागि रौतहट लैजाने तयारी छ। 

नेपाल प्रेस युनियनले आफ्ना केन्द्रीय सदस्य सञ्जय कार्कीलाई परेको पत्नी वियोगमा शोक व्यक्त गरेको छ। महासचिव अजय बाबु शिवाकोटीले एक शोक वक्तव्य निकाली स्वर्गीय कार्कीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त सञ्जय कार्की सहित परिवारमा समवेदना व्यक्त गरेका छन्। 

पहिरोमा परी घाइते भएकी चन्द्रनिगाहपुरकी अन्दाजी ३५ वर्षीया रमा आचार्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते आचार्यको टाउकोमा चोट लागेको उहाँका उपचारमा संलग्न डा समृद्ध थापाले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ