arrow

धनुषामा गोली प्रहार गरी २५ वर्षीय राजेश यादवको हत्या

logo
प्रकाशित २०७५ साउन १९ शनिबार
gun-bullet-ar.jpeg

महेन्द्रनगर, धनुषा। गोली प्रहार गरी यहाँ एक युवकको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेशन हल्ट नजिकै शुक्रबार बिहान एक युवकलाई गोली हानी हत्या गरिएको हो।

हत्या हुनेमा कमला नगरपालिका–८ सोनापार बस्ने २५ वर्षीय राजेश यादव रहेका छन्। यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो।

घटनास्थलबाट ज५प ६३२१ नंको मोटरसाइकल बरामद भएको छ भने एक थान पेस्तोलसहित तीन राउण्ड गोलीको खोकासमेत बरामद भएको प्रहरीले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ