नयाँ करबारे अमेरिकाले चीनलाई भन्यो - चिनियाँहरूले ट्रम्पलाई कमजोर नसम्झेको जाती
प्रकाशित २०७५ साउन १९ शनिबार
532
Shares
वासिङटन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिएका छन् ।
आर्थिक सल्लाहकार ल्यारी कुड्लोले ट्रम्पले उचित प्रतिक्रिया दिने बताएका हुन्। अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक सल्लाहकार ल्यारी कुड्लोले भने, “चिनियाँहरूले राष्ट्रपति ट्रम्पलाई अघिबढ्न सक्नुहुन्नहोला भनेर कम नआँक्नु राम्रो होला ।”
कुड्लोको यो प्रतिक्रिया बेइजिङले अमेरिकी प्रशासनले चीनमाथि लगाएको थप व्यापारकर बारे चेतावनी दिँदै अमेरिकी सामानमा अर्को ६० अर्व अमेरिकी डलर बराबरको व्यापारकर लगाउने बताएको केही समयमै आएको हो ।
ट्रम्पले विशेषगरी चीनलाई लक्षित गरी नयाँ व्यापार नीति ल्याएपछि चीनले अमेरिकी सामानमा नयाँकर लगाउने बताएको थियो । एएफपी