arrow

ओसामा बिन लादेनकी आमाको बयान : छोरो असल थियो, अरुले बिगारे

logo
प्रकाशित २०७५ साउन १९ शनिबार
laden-mum1.JPG

काठमाडौं ।  सन् २००९ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावर र विश्व व्यापार केन्द्रमा विमान जोताएपछि अमेरिकाको निद हराम गरेका अल कायदाका नेता ओसामा बिन लादेनकी आमाले छोराको बारेमा पहिलो पटक मुख खोलेकी छन् ।

७० वर्ष कटेकी बिन लादेनकी आमा आलिया गनेमले बेलायती चर्चित अखबार गार्डिनका मार्टिन सुलोभसँग आफ्नो छोरा असाध्यै राम्रो बच्चा थियो र आफुले उसले मलाई ज्यादै माया गथ्र्यो भनेकी छन् ।

बिन लादेन ३ वर्षको मात्र थिए । त्यही बेला हो उनका अति धनाढ्य बाबु मोहम्मद बिन लादेनसँग आमा गनेमले पारपाचुके गरेको । यो जोडीको एक मात्र सन्तान थिए ओसामा । समग्रमा मोहम्मद बिन लादेनका करीब २० जना श्रीमतीबाट ५३ सन्तान भए ।

ओसामा १० वर्षको हुँदा उनका बाबु मोहम्मदको विमान दुर्घटनामा ज्यान गएको थियो ।  मोहम्मद सँग पारपाचुके भएपछि, गनेमले मोहम्मद ल अत्ताससँग बिहे गरिन् । अल अत्ताससँगै ओसामा हुर्केक हुन् ।
 
गनेमा उनको परिवार साउदी अरेबियामा बस्दै आएको छ । गनेमले पहिलो पल्ट मिडियामा बोल्नु र बोल्न पाउनुको कारण पनि छ। हाल साउदी सरकारको नेतृत्व ३२ वर्षे राजकुमार मोहम्मद बिन सलमानले गरेका छन् । उदार छवि बनाउँदै लगेका राजकुमारले स्वीकृति दिएपछि, गनेमले मिडियामा बोल्न पाएकी हुन् ।

 गनेमले बोल्न पाउनुको अर्को अर्थ यो पनि छ । बिन लादेनलाई साउदीले सहयोग गरेको आएको आरोप लाग्दै आएको छ । त्यो आरोपको खण्डन गराउन पनि साउदी सरकारले उनलाई बोल्न दिएको हो । कारणः अन्तरवार्ताको क्रममा गनेमसँगै साउदी सरकारका मान्छे पनि बसेका थिए ।
 
अन्तरवार्ताका क्रममा बिन लादेनकी आमाले, प्यालेष्टिनी प्रशिक्षक अब्दुल्ला अज्जाम सहितका बाहिरियाहरुले आफ्नो छोरो २० वर्षे नाघेपछि, “बे्रन वाश” गरिदिएर कट्टर जिहादी बनाइदिएको र धार्मिक युद्धमा होमिदिएको दाबी समेत गरेकी छन् । लादेनको ब्रेन वाश गरिदिने अज्जाम  १९८९ मा पाकिस्तानमा मारिएका थिए । लादेनकी आमा गनेमले आफु सिरियाली अलावाइट हुँ पनि भनेकी छन् । अलाविजम् शिया इस्लाम समूहको एउटा खेमा हो ।

सेप्टेम्बर ११ मा अमेरिकामा आक्रमण भएको ४८ घण्टा भित्र आफ्नै छोराले आक्रमण गराएको थाहा पाउँदा आफु स्तब्ध भएको र आफुहरु सबै लादेनप्रति लज्जित भएको समेत उनले बताएकी छन् । किनभने, यो घटनाले अब आफुहरुले पनि कठिन चुनौतीको सामना गर्नुपर्छ भन्ने लागेको उनको भनाइ छ ।

सन् २०११ को मे २ मा, पाकिस्तानको अबोटाबादमा अमेरिकी सेनाको नेभी सीलले  बिन लादेन मारेपछि, उनका ३ जना श्रीमती बिधवा भए । गनेमले आफ्ना ती तीन बुहारीसँग नियमित सम्पर्कमा रहेको समेत खुलाएकी छन् । लादेनका तीनै जना श्रीमती हाल साउदी अरेबियामा बस्छन् तर उनीहरुलाई साउदी छाड्ने अनुमति छैन ।
 
ओसामाका दुईजना सौतेनी भाइको वीचमा बसेर अन्तरवार्ता दिएकी गनेमले ओसामाको बारेमा भनेकि छन् : “ऊ लज्जालु स्वभावको थियो र पढाइमा तेज थियो ।”  तर २० वर्षको उमेर पछि जेदाहको किङ अब्दुल्ला विश्वविद्यालयमा पढ्न गएपछि ऊ कट्टर भएको र भिन्नै खालको मान्छे भएको पनि उनले खुलाइन् ।
 
आफुले छोरा ओसामालाई पछिल्लो पल्ट सन् १९९९ मा अफगानिस्तानको कान्दाहारामा देखेको समेत उनले बताइन् । त्यो वर्ष अल कायदाले अफ्रिकास्थित २ वटा अमेरिकी दुताबासमा आक्रमण गर्दा २०० जना भन्दा बढी मारिएका थिए ।

 त्यो बेलाका बिन लादेनका प्रमुख अंगरक्षक अबु जण्डालले बताए अनुसार, लादेनलाई आतंकबादी गतिबिधि त्याग्नका लागि मनाउने प्रयास स्वरुप गनेम त्यो वर्ष कान्दाहार पुगेकी थिइन् ।

 जण्डालका अनुसार त्यो बेला लादेनले आमालाई राम्रो व्यवहार गरेका थिए तर जिहाद एउटा सिद्धान्त हो, मैले भगवानसँग युद्ध नत्याग्ने कसम खाएको छु भनेर फर्काएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ