arrow

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, घुमाउनेको पन्छाउने वित्तिकै जलविरेमा पहिरो खस्यो 

logo
प्रकाशित २०७५ साउन १९ शनिबार
pahiro.JPG

काठमाडौं । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । घुमाउनेमा ढंगो खसेपछि अवरुद्ध बाटो खुलेको केही समयमै जलबिरेमा पहिरो गएपछि बाटो अवरुद्ध भएको हो । दिउँसो ३ बजेतिर पहिरो खसेपछि यातायातका साधन रोकिएका छन् ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जलबिरेमा खसेको पहिरो हटाउने प्रयास भइरहेको छ । बिहान ६ बजेतिर घुमाउनेमा खसेको पहिरो हटाईएपछि दिउँसो सवा दुईबजेपछि  दुईतर्फी गाडी चलेको थियो । तर, जलविरेको पहिरोका कारण बाटो अबरुद्ध भएको छ । पहिरो हटाउन अझै केही समय लाग्ने छ । स्तरोन्नतिका लागि भित्तो काटिएपछि सडक पहिरोको बढी जोखिममा परेको हो । 

नारायणगढ–मुग्लिन सडक काठमाडौं र पर्यटकीय शहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्ग हो । यो बाटो हुँदै दैनिक १० हजार बढी सवारी साधन ओहोर–दोहोर गर्छन् । यो सडकलाई एसियाली मापदण्ड अनुरुप दुई लेनको बनाउने काम भइरहेको छ । स्तरोन्नतिको काम सकिएपनि भित्तो काटिएका कारण ठाउँ ठाउँमा पहिरो खसिरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ