arrow

कामु प्रधानन्यायाधीश जोशी विदा बस्दै, पेशी अब मिश्रले तोक्ने 

logo
प्रकाशित २०७५ साउन १९ शनिबार
deepak-joshi.jpg

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट बिदा बस्दै छन् । 

उनका सहयोगिहरुले आइतबारबाट विदा बस्न लागेका बताएका छन् । जोशीलाई संसदीय सुनुवाई विशेष समितिले सुनुवाई गरेको ९ दिनपछि प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको हो । 

संसदीय सुनुवाई सिमितिको निर्णयले मुलुकभर नया बहस जन्माएको छ। कतिपयले यसलाई स्वभाविक भनेका छन् भने, कतिपयले सर्वोच्च न्यायालयको नेतृत्व अंक गणितका आधारमा छनोट हुने नजिर बसेको रुपमा लिएका छत् । 

पूर्वप्रधानन्यायाधीश लगायतले यति विघ्न भईसकेपछि जोशीले राजीनामा दिँदा उचित हुन्छ भनिरहेका छन् । तर, उनले राजीनामा नदिने अडान राखेका छन् । 

कायममुकायम प्रधानन्यायाधीश जोशीले राष्ट्रपति विद्या भण्डारीलाई बिदाबारे जानकारी गराईसकेको बताईएको छ । जोशी विदामा बसेपछि रोलक्रम र बरियतामा दोस्रो नम्बरमा रहेका बरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने छन् ।

जोशी पदबाट हटे स्वतः मिश्र कायम मुकायम प्रधानन्यायाधीश हुनेछन् । उनी प्रधानन्यायाधीशमा स्वीकृत भए उनको कार्यकाल पाँच महिना मात्रै रहनेछ । उमेर हदका कारण उनी छोटो समय मात्रै नेतृत्व गर्न पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ