हामी पराजयको महशुस भएको देख्न चाहदैनौं : टर्की राष्ट्रपति एर्दोगान
प्रकाशित २०७५ साउन १९ शनिबार
737
Shares
अङ्कारा, टर्की। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार टर्कीले अमेरिकासँगको सम्बन्धमा आफूले पराजयको महशुस भएको देख्न नचाहेको बताएका छन्। वासिङ्टनले टर्कीका मन्त्रीहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि एर्दोगानले बदलामा आफूले पनि जवाफ दिने बताए।
'हामीले पराजयको खेल खेल्ने पक्ष बन्नु छैन। राजनीतिक तथा न्यायिक विवाद आर्थिक आयामका लागि दुवै पक्षलाई हानिकारक सिद्ध हुनेछन्,' एर्दोगानले टेलिभिजनमार्फत गरेको सम्वोधनमा भने। उनले थपे, “यसले दुई मुलुकको विवादलाई थप सङ्कटग्रस्त बनाउनसक्ने देखिएको छ।” एएफपी