इरानका प्रदर्शनकारीद्वारा धार्मिक विद्यालयमा आक्रमण
प्रकाशित २०७५ साउन १९ शनिबार
355
Shares
तेहरान। इरानका प्रदर्शनकारीले तेहराननजिकै रहेको काराज प्रान्तमा अवस्थित विद्यालयमा आक्रमण गरेका छन्। स्थानीय समयानुसार शुक्रबार बेलुका नौ बजे विद्यालयमा आक्रमण गरेर तोडफोड गर्नुका साथै आगजनी गर्ने प्रयास समेत गरेको फार्स समाचार संस्थाले शनिबार जनाएको छ।
आक्रमणकारी झण्डै ५०० को संख्यामा आएको विद्यालयका एक शिक्षकले जानकारी दिएका छन्। उनीहरुले वर्तमान शैक्षिक प्रणालीका विरुद्धमा नारावाजीसमेत गरेका थिए। सामाजिक सञ्जालमा शासकका विरुद्धमा गरिएको नारावाजी र प्रदर्शनका भिडियो देखिएका छन्। एएफपी