arrow

अमेरिकाको विमानस्थलबाट हराएकी चिनियाँ बालिका फेला परिन्

logo
प्रकाशित २०७५ साउन १९ शनिबार
chinese-girl-safe-parents.jpg

वासिङ्टन। अमेरिकाको वासिङ्टन नजिकको एक विमानस्थलबाट हराएकी एकजना चिनियाँ बालिका न्युयोर्कमा आफ्नो आमाबुबासँग भेटिएकी छिन्। वासिङ्टन मेट्रोपोलिटन नगरको एयरपोर्ट प्रहरीले विज्ञप्ति प्रकाशन गरेर सो जानकारी गराएको हो।

जिनजिङ मा नाम गरेकी १२ वर्षीय ती बालिका वासिङ्टननजिकको सो विमानस्थलबाट गएको बिहीबार हराएकी थिइन्। चिनियाँ पर्यटकको समूहमा रहेकी उनी विमानस्थलबाटै हराएकी थिइन्।

उनलाई आमाबुवासँगै साथमा भेटिएको सो प्रहरी विमानास्थल प्रहरीले जनाएको छ। तर समूहबाट हराएको भनिएकी उनी विमानस्थलबाटै के कसरी हराइन् र कसरी आमाबुवासँग पुगिन् भन्ने बारेमा अनुसन्धान गर्न एक प्रहरी अधिकृतको अध्यक्षतामा समिति गठन गरिएको जनाएको छ।

समूहमा गएकी उनी विमानस्थलको आगमन कक्षबाट बाहिरिएको ‘रेकर्ड’ नभएकोले उनी हराएको भनी प्रहरीले व्यापक रुपमा खोजी गरिरहेको थियो। एपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ