arrow

प्रवेज मुसर्रफ विरुद्धको राजद्रोहको मुद्दा ब्युताइने

logo
प्रकाशित २०७५ साउन १९ शनिबार
pervez-musharraf.jpg

इस्लामावाद, पाकिस्तान। पाकिस्तानी एक विशेष अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल प्रवेज मुशर्रफविरुद्धको राजद्रोह मुद्दालाई यही अगस्ट २० पछि पुनः सुनुवाई गर्ने भएको छ। 

लाहोर उच्च अदालतका प्रधान न्यायाधीश यवार अली, बलोचिस्तान उच्च अदालतका न्यायाधीश ताहिरा सरदार र सिन्ध उच्च अदालतका न्यायाधीश नजार अकबरले उक्त मुद्दालाई हेर्ने बताइएको छ।

पाकिस्तानी मुस्लिम लिग–नवाज (पिएमएल–एन) को सरकारले सन् २०१३ मा दर्ता गराएको मुद्दामा मुशर्रफलाई सन् २००७ मा संकटकालको घोषणा गर्दा अवैध रूपमा सेनाको सहयोगमा देशको संविधानलाई निलम्वन गरेको आरोप लगाइएको छ।

मुशुर्रफको नाम देश बाहिर भ्रमण गर्न नपाउने सूचीबाट हटेपछि स्वास्थ्यको कारण देखाउँदै उनी दुबई प्रस्थान गरेपछि उक्त मुद्दा सन् २०१६ देखि विचाराधीन अवस्थामा रहँदै आएको थियो।

मुशर्रफको अनुपस्थितिमा उक्त मुद्दा प्रक्रियालाई अघि बढाउन नसकिएको हो। विशेष अदालतले मुशर्रफलाई दोषी घोषणा गरेको र उनको सम्पत्ति जफत गर्न भनिएतापनि कानूनी प्रक्रिया नपुगेको भन्दै अभियोग लगाइएको भने थिएन।

मुशर्रफलाई पाकिस्तान फर्कने अन्तिम पटक मौका दिइएपनि उनी स्वदेश नआएकाले न्यायालयद्वारा उनको राष्ट्रिय परिचय पत्र र राहदानीलाई निषेध गर्न आग्रह गरिएको छ। एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ