arrow

अमेरिकालाई ‘जस्तालाई त्यस्तै’ व्यवहार गर्ने तयारीमा चीन

logo
प्रकाशित २०७५ साउन १९ शनिबार
America-US-China.jpeg

एजेन्सी। अमेरिकाले लगाउन लागेको नयाँ करको योजनामा ‘जस्तालाई त्यस्तै’ नीति चीनले अपनाउने भएको छ। अमेरिकाले केही दिनअघि चिनियाँ सामग्रीहरुमा दुई खर्व कर लगाउने निर्णय गरेसँगै चीनले त्यसले प्रत्युत्तर दिने बताएको हो। 

अमेरिकाले आफ्नो योजनामा अघि बढेको खण्डमा ५२ सय अमेरिकी उत्पादनहरुमा चीनले आयात कर लगाउने चेतावनी दिएको हो। चिनियाँ अधिकारीहरुले अमेरिका पछिल्लो समय लगातार रुपमा दुई मुलुकहरुको व्यापारिक तनाव बढाउने योजनामा रहेको आरोप पनि लगाएका छन्।

चीनले अहिले अघि सारेको योजनामा ६० अर्ब अमेरिकी डलर बराबरका सामग्रीहरुमा पाँचदेखि २५ प्रतिशतसम्मको कर लाग्नसक्ने बताइएको छ। अमेरिकाले अस्वस्थ व्यापारिक नीति ल्याएको कारण चिनियाँ सामग्रीहरुमाथि कर बढाउनका लागि आफूहरु बाध्य रहेको बताउँदै आएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको अस्वस्थ किसिमको व्यापार नीतिको कारण चीनसँगको व्यापार घाटा उच्च रहेको बताएका छन्। चीनसँगको व्यापार घाटा उच्च रहेको कारण अमेरिकाको अर्थतन्त्र कमजोर बन्न पुगेको ट्रम्पको ठम्याइ छ।

यसअघि व्यापारिक विषयमा समझदारीका लागि केही समयअघि चीन र अमेरिकाको बीचमा छलफल पनि भएको थियो तर यस विषयमा दुवै मुलुकहरु निष्कर्षमा भने पुग्न सकेका थिएनन्।

जुलाई ६ बाट चिनियाँ सामग्रीहरुमा कर बढाउने तयारी गरिरहेको छ। उसले यसअघि ३४ अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामग्रीहरुमाथि कर बढाउने बताएको थियो। 

अहिले अमेरिकाले १६ अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामग्रीहरुमा कर बढाउने योजना अहिले त्यतिकै स्थगित रहेको छ।

गएको मार्च महिनामा अमेरिकाले ५० अर्ब डलरबराबरका चिनियाँ सामग्रीहरुमा कर बढाउने योजना अघि सारेको थियो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू चीनबाट आउने सबै सामग्रीहरुमा कर बढाउनका लागि तयार रहेको बताएका थिए।

जुलाई महिनाको सुरुवातसँगै अमेरिकाले दुई खर्ब डलर बराबरका चिनियाँ सामग्रीहरुमाथिको कर १० प्रतिशतबाट बढाएर २५ प्रतिशतमा पुर्‍याउने योजना अघि सारेको थियो। 

व्यापारयुद्धको आशंकासँगै चीनको मुद्रामा गत अप्रिलयता नौ प्रतिशतको व्यापक गिरावट आइरहेको देखिएको छ।

अमेरिकाको व्यापारघाटामा भने जुन महिनामा ७.३ प्रतिशतको वृद्धिदर भएको देखिएको छ। चीनसँगको व्यापारघाटामा भने एक प्रतिशतको वृद्धिदर भएको छ। यससँगै चीनसँगको व्यापारघाटा ३३ अर्ब ५० करोड डलरमा पुगेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ