arrow

एसियामा चीनको प्रभाव कमजोर पार्न अमेरिकाको यस्तो चाल

logo
प्रकाशित २०७५ साउन १९ शनिबार
ASEAN-2018.jpg

एजेन्सी। पछिल्लो समय एसियामा लगातार बढिरहेको प्रभाव कमजोर पार्नका लागि अमेरिकाले नयाँ योजना सुरु गरेको छ। केही दिनअघि एसियाको ११ करोड ३० लाख डलरको लगानीको योजना अघि सारेको अमेरिकाले पुनः दक्षिणपूर्वी एसियन मुलुकहरुमा ३० करोड डलरबराबरको सुरक्षा कोषको योजना अघि सारेको हो। 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दक्षिणपूर्वी एसियाको सुरक्षाका लागि भन्दै नयाँ योजना ल्याएका हुन्। पछिल्लो समय चीनको प्रभाव यो क्षेत्रमा बढेसँगै अमेरिकी विदेशमन्त्रीले यस्तो आग्रह गरेका हुन्। चीनले एसियामा व्यापक लागानी गर्दै एक छत्र राज गर्नसक्ने आशंका चुलिएसँगै अमेरिकाको आँखा पछिल्लो समय एसियामा परेको हो।

शनिबार पोम्पेओले १० मुलुकहरुको एएसईएमएन सम्मेलनको क्रममा अमेरिकाको यो योजना सार्वजनिक गरेका हुन्। सिँगापुरमा भएको सम्मेलनमा यो क्षेत्रका विदेशमन्त्रीहरुको सहभागिता रहेको थियो। अमेरिका पछिल्लो समय इन्डो प्यासिफिक क्षेत्रको सुरक्षामा निकै संवेदनशील रहेको अवस्थामा यो क्षेत्रको सुरक्षामा थप सुधारको लागि नयाँ ३० करोड अमेरिकी डलरबराबरको कोष ल्याइएको पोम्पेओले बताए। 

अहिले अमेरिकाले अघि सारेको योजनाले आगामी दिनमा यो क्षेत्रको सुरक्षा व्यवस्था थप बलियो हुने विश्वास अमेरिकी अधिकारीहरुले व्यक्त गरेका छन्। अमेरिकाले गत साता तीव्र गतिमा आर्थिक विकास भइरहेका मुलुकहरुको प्रविधि, ऊर्जा र संरचना निर्माणको क्षेत्रमा ११ करोड ३० लाख अमेरिकी डलरबराबरको लगानी गर्ने बताएको थियो। यो योजना अघि सार्ने क्रममा अमेरिकाले एसियाका मुलुकहरुमा नयाँ आर्थिक युगको सुरुवात भएको जानकारी दिएको थियो। साथै यो क्षेत्रमा आफ्नो व्यापारिक सम्बन्ध पनि विस्तार हुने बताएको थियो। 

विशेषगरी चीनको दक्षिण चीन सागरमा विश्व जगतको चासो रहँदै आएको छ। यसमा धेरै मुलुकहरुले आफ्नो दाबी गरिरहँदा चीनले आफ्नो प्रभाव यो क्षेत्रमा बढाउन खोजेको भन्दै अमेरिकाले आलोचना गर्दै आएको छ। शनिबार अमेरिकी विदेशमन्त्री पोम्पेओले यो क्षेत्रको तीव्र विकास र चुस्त सुरक्षाको लागि अमेरिका प्रतिबद्ध रहेको बताएका हुन्। उनले दक्षिण चीन सागरको सुरक्षाको लागि अहिले अमेरिका ठुलो शक्तिको प्रयोग गर्ने तयारीमा रहेको बताएका हुन्। 

दक्षिण चीन सागरको पछाडि सबैभन्दा ठुलो सैन्य शक्तिको प्रयोग गर्ने तयारीमा आफूहरु रहेको पोम्पेओले बताएका हुन्। पछिल्लो समय व्यापक मात्रामा एसियामा आफ्नो प्रभाव बढाउँदै चीन घेर्ने योजनामा अमेरिका रहेको विषयमा गरिएको प्रश्नमा भने पोम्पेओले अस्वीकार गरे। शनिबारको सम्मेलनमा चीनले अफ्नो बेल्ट रोड इनिसिएटिभको योजनाले सबैको अर्थतन्त्रमा सहयोग पुग्ने भन्दै त्यसमा सहयोगको लागि आग्रह गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ