तरुण दलका उपाध्यक्षको ज्यान लिने प्रयास, सुतेकै ठाउँमा खुकुरी प्रहार
प्रकाशित २०७५ साउन २० आइतबार
778
Shares
दोलखा। नेपाल तरुण दल दोलखाका उपाध्यक्ष चित्र तामाङ माथि गए राती सुतेकै ठाउँमा सांघातिक आक्रमण भएको छ। तामाङमाथि धारिलो हतियार प्रयोग गरि शरीरका विभिन्न भागमा आक्रमण भएको हो। उनको दाहिने खुट्टाको घुँडामा गहिरो चोट लागेको छ। अनुहारमा पनि खुकुरी प्रहारबाट चोट लागेको छ।
घाइते तामाङको चरिकोटको स्थानिय अस्पतालमै उपचार भएको छ। उनको अवस्था खतरामुक्त रहेको छ। घटना दोलखा सदरमुकाम चरिकोटमै भएको थियो। आक्रमण गर्ने किशोर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते तामाङले आफ्नो खुट्टा छिनाउने गरि आक्रमण भएपनि संयोगले बचेको बताए।
नेपाल तरुण दलले घटनामा संलग्न केसीलाई ज्यान मार्ने उद्योग अन्तर्गत कडा कार्वाहीको माग गरेको छ। तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले आक्रमणकारीलाई कसैको दवावमा परि उन्मुक्ती दिने प्रयास भए त्यो आफूहरुले प्रतिवाद गर्ने बताए। स्थानिय प्रहरीले दोषीलाई कानुनी दायरामा लिइसकेको र कानुनी कार्वाही शुरु गर्ने बताएको छ।