arrow

भेनेजुयलाका राष्ट्रपति मादुरोमाथि ड्रोन आक्रमण 

logo
प्रकाशित २०७५ साउन २० आइतबार
maduro.jpg

काठमाडौं । भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरोले आफूमाथि ड्रोन आक्रमण भएको बताएको छन् । उनले विष्फोटक ड्रोन आक्रमणबाट आफू बच्न सफल भएको पनि बताएका हुन् । भेनेजुयलाको राजधानी सहर काराकासमा सैन्य समोरोहमा बोल्दै यस्तो बताएका हुन् । 

मादुरोले यो आक्रमणको पछाडि कोलम्बियाको हात रहेको आरोप पनि लगाएका छन् । यद्यपि कोलम्बियाले भने मादुरोको यो आरोप आधारहीन रहेको बताएको छ । 

भेनेजुयलाका अधिकारीहरुले भने उक्त आक्रमणको क्रममा सातजना सिपाहीहरु घाइते भएको र केही मानिसहरु पक्राउ पनि गरिएको बताएका छन् । 

भेनेजुयलाको सेनाको ८१ औं दिवसको समारोहमा बोल्दै राष्ट्रपति मादुरोले यस्ते बताएका हुन् । उनकाअनुसार विष्फोटक सामग्रीहरु सहितको ड्रोन मादुरो उभिएको स्थानमा आएको थियो । उनले आफूनजिकै आएर उक्त डोनहरु विष्फोट भएको पनि बताएका छन् । ड्रोनमा दुईपटक विष्फोट भएको मादुरोको भनाइ छ । 

सामाजिक सञ्जालहरुमा सार्वजनिक गरिएको तस्बिरमा यो आक्रमणपछि मादुरोका अंगरक्षकहरुले बुलेटप्रुफ ज्याकेट लगाएका थिए । मादुरोले यो आक्रमण अमेरिकाको समर्थनमा कोलम्बियाले गरेको बताएका हुन् । उनले कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोषको भूमिका यो आक्रमणको पछाडि रहेकोमा कुनै पनि शंका नरहेको बताएका हुन् । 

यसअघि पनि मादुरोले अमेरिका आफूलाई मार्नका लागि लागिपरेको बताएका थिए । यद्यपि उनले आफ्नो आरोपको कुनै पुष्टि दिन सकेका थिएनन् । अमेरिकाले भेनेजुयलामा भएको राष्ट्रपतिको निर्वाचनमा विपक्षीलाई रोक लगाउँदै प्रजातान्त्रिक मान्यताको खिल्ली उडाएको भन्दै भेनेजुयलाका सरकारी अधिकारीहरुमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ