arrow

लियो पहिरोले एक बालकको ज्यान

logo
प्रकाशित २०७५ साउन २० आइतबार
dhading_district_map.png

धादिङ । पहिरो आएर घरलाई थिच्दा नीलकण्ठ नगरपालिका–१० भारमालेमा शनिबार राति एक बालकको मृत्यु भएको छ । 

घरमाथिको पहिरोले घर पुरिएर १३ वर्षीय सुजन पुलामीको घरले चेपिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । 

घटनापछि गाउँवासीले पहिरो पन्छाए पनि शव निकाल्न नसकेको बताइएको छ । अबिरल वर्षाका कारण पहिरो आउने क्रम नरोकिएपछि घटनास्थलमा प्रहरी आइतबार बिहान पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ