arrow

पाल्पा ठिमुरेमा जीप दुर्घटना : दुईको शव भेटियो (अपडेट)

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ साउन २० आइतबार
palpa-jeep-accident.jpg

पाल्पा । रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्गमा  बा १ च ८९७० नम्वरको पिकअप जीप शनिबार साझा ६ बजे दुर्घटना हुदाँ जीपमा सवार दुईजनाको मृत्यु भएको छ ।

उनीहरुको जीपले किचिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय मुझुङ्गले जनाएको  हो । एक जनाको शव शनिबार राती नै भेटिए पनि उद्धार गर्न सकिएको थिएन् ।  मृत्यु हुनेमा  तानसेन १० का २५ वर्षिय विवेक पौडेल र डोल्पा घर भई सोहि स्थानमा बस्दै आएका ३६ वर्षिय टंक चलाउने रहेका छन् ।

 तानसेनबाट विद्युत्‌का सामाग्री लिएर ठिमुरे तर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो । जीप सडकदेखि ५० मिटर तल अप्ठ्यारो भिरमा अड्किएको छ । शनिबार  राती अबेरसम्म उद्धार हुन नसकेपछि प्रहरी फर्किएको थियो । आइतबार विहानै सेना, प्रहरी, सशस्त्र र  स्थानीयको सक्रियतामा उनीहरुको उद्धार गरिएको छ ।

  उनीहरुको शव पोष्टर्माटमका लागि जिल्ला अस्पताल तानसेन ल्याउएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । दुर्घटनास्थल साघुरो, चिफ्लो र भिर भएकाले प्रहरीलाई उद्धारमा कठिनाई भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ