arrow

रुसी हेलिकोप्टर साइबेरियामा दुर्घटना, १८ को मृत्यु

logo
प्रकाशित २०७५ साउन २० आइतबार
russia5.jpg

काठमाडौं । पूर्वी साइबेरियाको क्रासनायरास्कमा शनिबार  रुसी मि–१८ विमान दुर्घटना भएको छ । दुर्घटनामा परी विमानमा सवार सबै १८ जना मानिसहरुको ज्यान गएको छ । 

रुसको स्थानीय समाचार एजेन्सीले दिएको जानकारी अनुसार उक्त विमानमा १५ जना यात्री तथा ३ जना क्रु सदस्यहरु रहेका थिए । प्रहरीकाअनुसार हेलिकोप्टरले इगारका नामको स्थानबाट आफ्नो उडान सुरु गरेको थियो तर उडान सुरु गरेको स्थानबाट दुई किलोमिटरमा विमान दुर्घटना भएको हो । 

अहिलेसम्म के कारणले दुर्घटना भएको हो भन्ने नखुलेपनि केहीले भने हावामा नै अर्को हेलिकोप्टरसँग ठोक्किएको कारण सो दुर्घटना भएको बताएका छन् । अहिले दुर्घटनास्थलमा उद्धारकार्य जारी रहेको बताइएको छ । (एजेन्सी) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ