arrow

पाकिस्तानी नागरिकको ‘ब्रेनवास’ गर्दै प्रधानमन्त्री खान, सुनाए हरिण र चितुवाको कथा  

नवाज सरिफ राजनीतिमा आउँदा जम्मा १ फ्याक्ट्रि थियो, ७ वर्षमै २२ फ्याक्ट्रि कसरी भए ?

logo
प्रकाशित २०७५ साउन २० आइतबार
khan.JPG

एजेन्सी । पाकिस्तानमा भरखरै सत्ता सम्हालेका इमरान खान अहिले नागरिकको ब्रेनवासमा लागेका छन् ।उनी सार्वजनिक समारोहमा नागरिक जागरणका कुरामा बढी जोड दिन्छन् ।

केही दिन पहिले उनले आफुलाई त्यति धेरै ठूलो प्रधानमन्त्री कार्यालय नै नचाहिने त्यो जनताको भलाईका लागि उपयोग गर्न सकिने बताएका थिए । यस्तै, अन्य सरकारी भवन वा संरचनाहरु समेत जनताका लागि उपयोग गर्न सकिने विचार उनले राखेका छन् । 

पछिल्लो समय उनले भनेका छन्, ‘मलाई बाँच्न राजनीति चाहिएको होईन । मेरो गुजारा जसरी पनि हुन्छ । तर, राजनीतिलाई कमाउ धन्दा बनाउनेविरुद्ध लड्नु छ । मुलुक बचाउन संघर्ष गर्नु छ ।’ उनले अधिकांश नागरिक गरिबीबाट माथि नउठेकाेमा चिन्ता गरे । 

उनले उदाहरण पनि दिए, ‘हिजो नवाज सरिफ (पूर्व प्रधानमन्त्री) राजनीतिमा आउँदा जम्मा एक फ्याक्ट्री थियो । ७ वर्षको अन्तरालमा २२ फ्याक्ट्रि भए । त्यो कसरी ? नागरिकहरु  कसैले सोध वा खोज गर्ने हिम्मत गरेनन् । त्यसैले हामी प्रत्येक नागरिक राजनीतिज्ञ बन्न जरुरी छ । नभए हजारौँको संख्यामा रहेका हरिणको बथानको बीचमा गएर एक मरनच्यासे चितुवाले सिकार गर्छ । हजारौँको त्यत्रो बथान तित्तरबित्तर हुन्छ ।’ उनले नागरिक जागरणलाई जोड दिँदै भने, ‘१० हरिण मात्रै प्रतिकारमा उत्रिने हो भने एउटा चितुवाको केही चल्दैन । अहिलेसम्म त्यो भएन । अब हुनु पर्दछ ।’

पूर्वक्रिकेटर समेत रहेका प्रधानमन्त्री खानले आफुहरु दुवईमा क्रिकेट खेल्न जाँदा पाकिस्नानी र भारतीयहरु व्यवस्थापनको एउटै तहमा रहेको तर, अहिले भारतीयहरु व्यवस्थापनको माथिल्लो तहमा पुगेको र पाकिस्तानीहरु लेवरमा झरेको दृष्टान्त समेत नागरिकलाई सुनाए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ