arrow

मोतीसर चोक–चन्द्र माविसम्मको बाटोको नाम ‘प्रचण्डपथ’

प्रचण्डपथको अस्तित्व समाप्त भएपछि बाटोको नाम राखियो ' प्रचण्डपथ '

logo
प्रकाशित २०७५ साउन २० आइतबार
pmprachandadahal.jpeg

कलैया । नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई असफल पार्ने र नेकपाको एकता भाँड्नका लागि देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् ।

विश्रामपुर गाउँसभाद्वारा पारित ऐन कानूनहरुको संगालोको सार्वजनिकीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको एकता नेपाली कांग्रेसलाई अपच भएको बताए ।

विश्रामपुर गाउँपालिकालाई एक नमूना गाउँपालिकाका रुपमा विकास गर्नका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता पूर्वप्रधानमन्त्री दाहालले व्यक्त गरे।

एक अर्को प्रसंगमा उनले निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि चाँडै शुरुआत हुने जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष अमिरीलाल पालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अच्युत मैनाली, प्रदेश सदस्य ज्वालाकुमारी साह, महमद समिर र सुन्दर विश्वकर्मा, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललगायतले आआफ्नो विचार व्यक्त गरेका थिए ।

यसैबीच अध्यक्ष दाहालले कलैया उपमहानगरपालिका वडा नं २३ अन्तर्गतको मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको बाटालाई कालोपत्रे गर्नका लागि शिलान्यास गरेका छन् ।

शहरी विकास मन्त्रालयको सहयोगमा सो सडक कालोपत्रे हुनेछ। सडकको नाम प्रचण्डपथ रहनेछ । करीब ९ किलोमिटरको सो सडक निर्माणका लागि रु ४८ करोड ९३ लाख ३८ हजार लाग्ने भएको छ । सडकको चौडाइ नाला दुवैतिर छाडी ३० फिट रहने जनाइएको छ ।

तत्कालिन नेकपा माओवादी भुमिगत हुँदा सो पार्टीले माओवादसँगै प्रचण्डपथलाई पनि आफ्नो वैचारिक धार बनाएको थियो। तर कालान्तरमा प्रचण्डपथ छोड्दै एमालेसँग एकिकरण भएपछि प्रचण्डपथ उच्चारणसम्म पनि हुन छोडेको छ। बाटोको नाम प्रचण्डपथ राखेर तत्कालिन पार्टीले लिएको प्रचण्डपथको तिर्सना मेटाउन खोजेको अर्थमा पनि कतिपयले टिप्पण गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ