arrow

कञ्चनपुर घटना : बलात्कारपछि किशोरीको घाँटी थिचेर हत्या भएको खुलासा

logo
प्रकाशित २०७५ साउन २० आइतबार
choree-balatkar.jpeg.jpeg

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका –२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको रहस्य खुलेको छ । प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट यो कुरा पुष्टि भएको जनाएको छ ।

कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले भनेका छन्, ‘हामीले जे शंका गरेका थियौं, त्यही पुष्टी भयो ।’ यद्यपि, बलात्कार गर्ने समूहमा थियो वा एक्लै भन्ने कुराको पुष्टि अझै नभएको उनले बताएका छन् । 

उनले अहिलेसम्म घट्नास्थल पहिचान गर्न नसकेको बताएका छन् । उनले अगाडि भने, ‘शव भेटिएको स्थानमा पानी भरिएका कारण कति जनाको संलग्नता हो भन्ने कुरा यकिन गर्न सकिएको छैन ।’

उनले शव भेटिएका दिन घट्ना स्थलमा पानी धेरै भएका कारण अनुसन्धानमा समस्या भएको सुनाए । 
जिल्ला प्रहरीले प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ । जसमा प्रदेश ७ का ९ वटै जिल्लामा अनुसन्धानमा दखल राख्ने र अनुभवी सबै प्रहरी सामेल छन् ।  

अनुसन्धानका क्रममा ४० भन्दा बढीलाई नियन्त्रणमा लिई सोधपुछ भईसकेको छ । किशोरीका बुबाले शंकास्पद व्यक्तिलाई सोधपुछ गरेर छाडेकोमा आपत्ती जनाएका छन् । किशोरीको शव गएको शुक्रबार विहान भीमदत्त नगरपालिका १८ निम्बुखेडाको उखुबारीमा भेटिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ