arrow

प्रजिअ र पत्रकारबीच जिल्लाको समसामयिक विषयमा छलफल

logo
जीवन शर्मा,
प्रकाशित २०७५ साउन २० आइतबार
okhaldhunga.png

ओखलढुंगा ।  ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने र जिल्ला स्थित पत्रकाहरु विच जिल्लाको समसामयिक विषयमा छलफल भएको छ । भर्खरै सरुवा भएर जिल्ला आएकी न्यौपानेले पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम संगै जिल्लाको वर्तमान स्थितिका बारेमा चासो राखेकी थिइन् ।

छलफलमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बाट हुने सेवा प्रवाह, सूचनाको हक र कार्यान्वायनको अवस्था, स्थानीयतस्तरमा हुने गरेका विकास निर्माणमा भैरहेका गतिविधि र यातायातका क्षेत्रमा देखिएका समस्या तथा चुनौतिका विषयलाइ उठान गरे । छलफलका क्रममा सहयात्री सामुदायिक रेडियोका प्रबन्ध निर्देशक जीवन शर्माले प्रशासनले वजार अनुगमन लाइ अझ प्रभावकारी बनाउनु पर्ने, सडकमा भएको अव्यवस्थित पार्कीङ हटाउनुपर्ने, ज्येष्ठ नागरिक महिला तथा अपांगता भएकाहरुका लागि सार्वजनीक सवारीसाधनमा आरक्षण सिट सुनिश्चित गर्न पहल गर्नुपर्ने लगायतका मुद्दामा केन्द्रीत हुन अनुरोध गरे ।

 यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष शिवप्रसाद ढुंगाना, कान्तिपुर दैनिकका कुम्भराज राइ लगायत जिल्लाका क्रीयाशिल पत्रकारहरुले स्थानीय तहबाट प्राप्त सूचनालाइ व्यवस्थित गर्न सूचना अधिकारीको व्यवस्थापनका लागि गाउपालिकालाइ सहजीकरण गर्न आग्रह गरेका छन् । साथै ग्रामिण सडकलाइ सुचारु गर्न र सदरमुकाम बजारभित्रको सडकमा थुपारीने निर्माण सामाग्री हटाउने विषयमा चासो दिन पनि पत्रकारहरुले आग्रह गरेका छन् । पत्रकारसंगको भेटमा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले छलफलमा उठेका विषयबस्तु अत्यान्त गहन भएकाले त्यसको व्यवस्थापनका लागि सबै संगको सहकार्यमा अघिबढ्ने बताए।

 यसै विच प्रमुख जिल्ला अधिकारी  न्यौपानेलाई उद्योग वाणिज्य संघ ओखलढुंगाले स्वागत गरेको छ । उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा ओखलढुंगाका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । जिल्लामै पहिलोपटक महिला सिडिओ आएकोमा औपचारिक रुपमा स्वागत कार्यक्रम राखिएको उद्योग बाणिज्यसंघका कार्यलय सचिव नवराज दाहालले बताए ।   संघका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठले विगतका दिनमा सबै क्षेत्रहरुसँग सहकार्य गरेर उद्योग वाणिज्य संघले काम गरिरहेको हुनाले आगामी दिनमा समेत थप सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे  ।  प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले प्रशासन कार्यालय सबै क्षेत्रहरुसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताइन् ।  

गाउपालिकाको स्वास्थ्य सुधारको क्षेत्रमा कुनै कसुर बाँकी नराख्ने चम्पादेवि गाउँ पालिका अध्यक्ष नवराज केसीले बताएका छन्  । चम्पादेवि गाउँ पालिका स्थित कालिकामा बर्थिङ सेन्टर उद्घाटन भएको वाहाले यस्तो बताएका हुन्  ।  आज एक कार्यक्रमका विच बर्थिङ सेन्टर उद्घाटन  भएको छ । बर्थिङ सेन्टर उद्घाटन गर्दै अध्यक्ष के सी ले कालिका मात्रै नभएर चम्पादेवी गाउँपालिका स्थित  सबै स्वास्थ  संस्थाहरुमा बर्थिङ सेन्टर सञ्चालन गर्ने बताए । नागरिकको स्वास्थ्यजस्तो समवेदनशिल विषयमा गाउपालिका जिम्मेवार भएर गापालिका बासी आमा दिदी बहिनीहरुको स्वास्थ्य सुधारमा लाग्ने उनको भनाइ छ  । अधिकार सम्पन्न स्थानीय सरकार आइसकेपछि स्वास्थ्य क्षेत्रमा हिजोको अवस्थाबाट आमुल परिवर्तन ल्याउने उदेश्यका साथ सबै वडाहरुमा यसै बर्ष सामुदायिक स्वास्थ युनिट स्थापना गर्ने के सीको प्रतिवद्धता समेत जनाए ।

 आफ्नो गाउँ पालिका भित्र स्वास्थ्सम्बन्धि कुनै पनि समस्या नराखी जनतालाइ सहज र सरल रुपमा स्वास्थ सेवा उपलब्ध गराउने उदेश्य का साथ सबै वडाहरुमा सामुदायिक स्वास्थ केन्द्र स्थापना गर्न लागेको अध्यक्ष केसीको भनाइ छ । स्वास्थ्य सेवालाइ चुस्त दुरुस्त र सहज बनाउनका लागि केसीले मातहतका सबै कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।  उद्धघाटन कार्यक्रममा भर्खरै सुत्केरी भएका महिलाहरुलाई नगद सहित दोसल्ला ओढाएर सम्मान समेत गरिएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ