arrow

भेनेजुयला आक्रमणमा अमेरिकी सम्लग्नता छैनः बोल्टन

logo
प्रकाशित २०७५ साउन २० आइतबार
venezuelan-president.jpg

वासिङ्टन, संयुक्त राज्य अमेरिका। आइतबार भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोलाई लक्षित गरी भएको भनिएको ड्रोन आक्रमणमा ‘अमेरिकी सरकारको सम्लग्नता’नरहेको अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले बताए।

भेनेजुयलाका राष्ट्रपतिले राजधानी काराकस सैन्य प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा मदुरोलाई ड्रोनको सहयोगमा विष्फोट गरी आक्रमण प्रयास गरिएको थियो।

तर उक्त घटनामा राष्ट्रपतिलाई कुनै चोट नलागेको बताइएको छ। राष्ट्रपतिको सुरक्षार्थ खटिएका केही सैनिक भने आक्रमणमा घाइते भएका थिए। अमेरिकी फक्स टेलिभिजनसँग कुराकानी गर्दै आक्रमणमा अमेरिकी सम्लग्नता नरहेको बोल्टनले बताएका हुन्। बोल्टनले घटनाप्रति शङ्का गर्दै भने, “घटना भेनेजुयलाको मदुरो सरकारद्वारा आफै रचेको प्रपञ्च वा अन्य केही भएको हुनसक्छ।”

अमेरिकी सम्लग्नतालाई नकार्दै बोल्टनले भने, “यदि भेनेजुयलासँग घटनामा अमेरिकी सम्लग्नता रहेको प्रष्ट सूचना छ भने यसको हामीले गम्भीरतासाथ हेर्नेछौँ।” राष्ट्रपति मदुरोले आक्रमणलाई हत्या प्रयासमा कोलम्बियाको सम्लग्नता रहेको आरोप लागाउका थिए। यद्यपि आक्रमणको एक भूमिगत विद्रोही समूहले जिम्मेवारी लिएको थियो।

बोल्टनले भेनेजुयलामा रहेको अमेरिकी कार्यबाहक राजदूतलाई सम्पर्क गरेको बताउँदै आफ्नो राजदूताबास र यसमा कार्यरत कर्मचारी सबै सकुशल रहेको कार्यबाहक राजदूतले बताएको जानकारीसमेत टेलिभिजनमार्फत गराए। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ