arrow

गुडिरहेको बस बगाउँदा १२ यात्रु घाइते

logo
प्रकाशित २०७५ साउन २१ सोमबार
bus-drowned.jpg

तुलसीपुर । तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् । 

धनगढीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस आइतबार बेलुका खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ । लगातारको वर्षापछि स्थानीय खोलामा आएको बाढीले तुलसीपुर–लमही सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । 

प्रहरीका अनुसार तुलसीपुर–लमही सडकखण्डको बबई, कटुवा खोला, सेवार, गुर्जे, ग्वारखोलालगायका खोलामा आएको बाढीले आइतबार दिउँसोदेखि यातायात प्रभावित भएको हो । 

साना सवारी साधन सबै ठप्प भएका छन् भने ठूला सवारी साधन भने फाटफुट सञ्चालन भएका छन् । खोलामा ठूला सवारी साधन जोखीम मोलेर सञ्चालन भए पनि साना सवारी साधनहरु भने चल्न सकेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ