काठमाडौं । सत्य एवं शान्ति हेतुले मानव मात्रको सेवामा समर्पित भई विगत ९५ वर्षदेखि सेवाप्रदायक संस्था गीताप्रेसले सनातन वैदिक धर्म संस्कृति परम्परा आध्यात्मिक विभिन्न भाषाका पुस्तकहरु प्रकाशन गर्दै आइरहेको छ।
यसैबीच नेपालमा रहेका अनुयायी तथा आम नेपाली पाठकले श्री गीता नेपाली भाषामा पढ्न चाहे पनि नपाइरहेको समस्यालाई मध्यनजर गर्दै गीताप्रेसले ‘प्रत्येक नेपालीको घरमा श्रीमद्भागवद्गीता हाम्रो अभियान’ नामक लक्ष्य लिएर ‘श्रीमद्भागवद्गीता’ तथा ‘सरल गीता’ पहिलो पटक नेपाली भाषामा अनुबाद गरि बजारमा ल्याएको छ।
आइतबार पाशुपत क्षेत्रको माधवराज सुमार्गी भवनमा भएको ‘श्रीमद्भागवद्गीता’ एवं ‘सरल गीता’ विमोचन कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल तथा भारतीय दूतावासका मिशन उपप्रमुख अजय कुमार लगायतले पुस्तकको विमोचन गरेका थिए।
कार्यक्रममा बोल्दै गीताप्रेसका प्रधान सम्पादक लालमणि तिवारीले यस किताबले नेपाली आम पाठक जो साधारण नेपाली भाषामा मात्र सिमित रहने वर्ग तथा अन्य पाठकलाई गीता बुझ्नका लागि उपयोगी साबित हुने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै उनले श्रीमद्भागवद्गीता लाई नेपाली भाषामा ल्याउनका लागि प्रेरणा दिने चौधरी ग्रुपका प्रमुख विनोद चौधरीको खुलेर प्रसंसा गर्दै श्रीमद्भागवद्गीता केवल हिन्दुले मात्र नभई सम्पुर्ण मानिसले पढ्नै पर्ने बताए।
कार्यक्रममा पशुपति मुल भट्ट रावल गणेश भट्ट, सांसद मोतीलाल दुगड, हृदयश त्रिपाठी, शिवगोपाल रिसाल लगायतको उपास्थिती रहेको थियो।