arrow

कहाँ पुगिएला ! दुर्घटना रोक्न गति सीमित 

logo
सीता डोटेल
प्रकाशित २०७५ साउन २१ सोमबार
traffic2.jpg

पाल्पा । तिव्र गतिका कारण सवारी साधन दुर्घटना बढ्दै गएपछि प्रहरीले स्थानीय तहको समन्वयमा रामपुरका व्यस्त सडकमा गति सिमित बोर्डहरु राखेको छ । बिगत केहि समय यता रामपुर नगरपालिकाका बिभिन्न बजार आसपासको क्षेत्रमा दैनिक जसो ठुला साना सवारी दुर्घटनाहरु भएपछि ईलाका प्रहरी कार्यालय रामपुरले रामपुर नगरपालिकाको सहयोगमा नगरपालिका क्षेत्र अन्तर्गत पर्ने बजारका बिभिन्न १० स्थानहरुमा गति सीमित सचेतना बोर्डहरु राखेको हो ।

पछिल्लो समय प्रहरी गतिबिधिमा सक्रिय बनेको रामपुर क्षेत्रमा सवारी दुर्घटना न्युनिकरणमा जोड दिदै गति सिमित साइन बोर्डहरु राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेयले बताए । प्रहरीले रामपुर नगरपालिकाको मुख्य बेझाँडबजार चोक, स्कुल ठाडो लाइन, किसानबारी बजार, बाङेपसल मोड, सदाबर्त चोक, इलाका प्रहरी कार्यालय क्षेत्र लगायतका स्थानहरुमा ती बोर्डहरु राखिएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।

बिशेष गरि सवारी चालक अनुमती पत्र बिना सवारी साधन चलाउने र अत्यधिक गतिमा सवारी चलाउनेहरुबाट बिगतका समयमा सवारी दुर्घटना बढी हुने गरेको तथ्याङ्कका आधारमा  यो अभियान सुरु गरेको प्रहरीले जनाएको छ । पहाडी जिल्ला भएपनि समथर भुभाग रहेको रामपुर क्षेत्रमा सवारी तिव्र हाक्ने कारण दुर्घटनाको जोखिम बढी भएपछि गति सिमित बोर्ड राखेको र आगामी दिनहरुमा नगरका अन्य स्थान सहित रामपुर–आर्यभञ्ज्याङ सडक खण्डमा समेत बिभिन्न निकायहरुको सहकार्यमा त्यस्ता खालका सचेतना बोर्डहरु राख्ने कार्यलाई निरन्तरता दिइने निरीक्षक पाण्डेले बताए । 

लापरबाही रुपमा सवारी साधन चलाउने र ट्राफिक नियम उल्लङ्गन गरे स्वंयम् व्यक्तिको ज्यान नै जोखिममा भएकाले सवारी साधनको सही प्रयोगमा हामीहरुले ध्यान दिएका हौ–पाण्डेले भने– ट्राफिक नियम मिच्ने र लापरबाही तरिकाले सवारी चलाउने प्रबृतिलाई सही मार्गनिर्देशन गर्न प्रहरीले सवारी चेकजाचलाई पनि महत्व दिएको र गत असार महिनामा मात्र गरेको चेकजाचका क्रममा १सय ५० बढी सवारी साधन कारबाहीबाट १ लाख २५ हजार राजस्व सङ्कलन गरेको थियो । प्रहरीले कारबाही गर्न भन्दा पनि नियममा रहेर चलाउनुपर्छ भन्ने सन्देशलाई लिएर सवारी साधन चलाउन सबैमा आग्रह गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ