arrow

छोराले विपक्षीको सूचना लिन रसियन वकिललार्इ भेटेको ट्रम्पद्वारा स्वीकार

logo
प्रकाशित २०७५ साउन २१ सोमबार
trumps-son.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा आफ्ना छोराले रसियन वकिलसँग विपक्षीको सूचनाहरु लिनका लागि भेटेको स्वीकार गरेका छन् । यद्यपि ट्रम्पले उक्त भेट कानुनी रहेको बताएका छन् । 

डोनाल्ड ट्रम्प जुनियरले रसियाकी वकिल नाटालिया भेसेल्निस्कायासँग भेटेका थिए । अहिले अमेरिकाको निर्वाचनमा रसियाले ट्रम्पलाई जिताउनका लागि भूमिका खेलेको भन्ने आरोपको विषयमा अनुसन्धान जारी रहेको छ । यस विषयमा ट्रम्पले पनि लगातार अस्वीकार गर्दै आएका छन् । 

उनले पछिल्लो समय जारी रहेको अनुसन्धान अमेरिकाको इतिहासमा निकै महत्वपूर्ण हुने र यसले महत्वपूर्ण नतिजा दिने बताउँदै आएका छन् । 

आइतबार अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना छोराले रसियन वकिलसँग भेटेको बताएका हुन् । साथै उनले यो भेटको विषयमा धेरै स्रोतहरु भने गोप्य राखेका छन् । 

सन् २०१६ को निर्वाचनमा रसियाको भूमिका रहेको वा नरहेको भन्ने विषयमा अहिले पनि विवाद कायमै छ । यसै विषयमा सञ्चारमाध्यमहरुले गलत समाचार बनाएर अतिरञ्जित गरेको आरोप ट्रम्पले लगाउँदै आएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ