arrow

अपहरणकारीमाथि प्रहरीको इन्काउन्टर, दुईको मृत्यु (अपडेट)

logo
प्रकाशित २०७५ साउन २१ सोमबार
Bullet_Fire.jpeg

काठमाडौं । काठमाडौंको काँडाघारीबाट हिजो साँझ अपहरित बालकको अपहरणकारीले हत्या गरेका छन् । प्रहरी कार्वाहीमा अपहरणकारी पनि मारिएका छन् । ११ वर्षिय निशान खड्काको शव ठिमीमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

अपहरणकारी अजय तामाङ र गोपाल तामाङ पनि प्रहरी कार्वाहीमा मारिएका छन् । उनीहरुलाई पक्राउ गर्ने क्रममा ठिमीमा दोहोरो फायरिङ भएको थियो । महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार हिजो साँझ काँडाघारीबाट अपरहणमा परेका बालकको शव भक्तपुर ठिमिमा फेला परेको थियो ।

भक्तपुर ठिमिमा शव फेला परेपछि अपहरणकारी खोज्दै जाने क्रममा सूर्यविनायक - ८ डोलेश्वर जाने बाटोमा प्रहरीमाथि अपहरणकारीले आक्रमण गरेपछि प्रहरीले जवाफी फायरिङ गर्दा दुबै जना मारिएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता रेवती रमण पोखरेलले बताए ।   घटनास्थलबाट प्रहरी एक थान पेस्तोल, दुई राउन्ड गोली र फिरौती माग्न प्रयोग भएको सिमकार्ड बरामद गरेको छ।

दुवै अपहरणकारी बालकका चिनजानकै व्यक्ति हुन्। उनीहरु हिजो दिउँसो नै बालकको आमाले सञ्चालन गर्ने खाजा पसलमा गएर बसेका थिए। साँझ बच्चालाई घुम्न भनेर लिएर गई अपहरण गरेका हुन्।

सिन्धुपाल्चोकका स्थायी घर भई काडाँघारीमा आमाबुवासँग डेरामा बस्दै आएका  निशानको अपहरपछि, उनीहरुले ४० लाख रुपैयाँ फिरौती मागेपछि, परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ