- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चीनले सोमबार आफ्नो पहिलो हाइपरसोनिक विमानको सफल परीक्षण गरेको छ । अहिले परीक्षण गरिएको विमानले परमाणु हतियार बोक्नुका साथै अहिले अमेरिकालगायतका क्षेत्रहरुले निर्माण गरिरहेको मिसाइल विरोधी रक्षा प्रणालीमा प्रवेश गर्नसक्ने बताइएको छ ।
चीनको एकेडेमी अफ एरोस्पेस एरोडाइनामिक्स (सीएएए)ले एक विज्ञप्ति जारी गर्दै सिङकोङ–२ र स्ट्यारी–२ को परीक्षण शुक्रबार गरिएको जानकारी दिएको हो । यो रकेटलाई सार्वनिक गरेपछि करिब १० मिनेटसम्म हावामा छाडिएको थियो । यो आफैं उड्न सक्षम रहेको थियो र यो अनुमान गरिएअनुसार नै आफ्नो स्थानमा गएर ल्याण्ड भएको थियो ।
यो हाइपरसोनिक सीएएएले एरोस्पेस टेक्नोलोजी कर्पोरेसनसँग मिलेर यो डिजाइन गरेको हो । अझै पनि यो विमानको धेरै परीक्षण हुन बाँकी छ । परीक्षणको क्रममा यो विमान ३० किलोमिटरसम्मको उचाइमा पुगेको थियो ।
विशेषज्ञहरुले दिएको जानकारीअनुसार एन्टि मिसाइल रक्षा प्रणालीको विषयमा पत्ता लगाउन सजिलो रहेको र यसैको कारण यसलाई रोक्न पनि सम्भव रहेको बताएका हुन् ।
चीनको नयाँ हाइपरसोनिक विमान यति तीव्र गतिमा उड्न सक्छ कि यो अहिलेको मिसाइल सुरक्षा प्रणालीका लागि चुनौती बन्न पुगेको छ । यो विमान परमाणु हतियारका साथै अन्य हतियार पनि लैजानका लागि सक्षम छ ।
विज्ञहरुका अनुसार अहिले चीनले परीक्षण गरेको यो विमानले चीन पनि अमेरिका र रुसको स्थानमा आफूलाई उभ्याउने दिशामा अघि बढिरहेको बताएका हुन् । सैन्य प्रयोगका साथै यसलाई अन्य सामान्य किसिमको कामका लागि पनि प्रयोग गर्न सकिन्छ । चीनले यस वर्षका लागि एक खर्ब ७५ अर्ब अमेरिकी डलरबराबरको रक्षा बजेट छुट्याएको छ । अमेरिका, रुस र युरोपियन युनियनसँग बराबरीको लागि उसले सो रक्षा बजेट छुट्याएको हो । (एजेन्सी)