arrow

नुवाकोटमा काठका दर्जनौँ पोल ढले, उर्जामन्त्रीलाई चुनौती 

logo
प्रकाशित २०७५ साउन २१ सोमबार
kathka_pol.JPG

नुवाकोट । लगातारको झरी (वर्षा)का कारण नुवाकोटको ककनी क्षेत्रमा विद्युतका ४५ वटा पोल ढलेका छन् । झरीले जिर्ण अवस्थाका काठका पोल ढलेका हुन् । झरीले माटो बगाउँदा पुराना काठका पोल ढलेको नेपाल विद्युत प्राधिकरणको नुवाकोट वितरण केन्द्र प्रमुख सन्तोष कुमारले बताए ।

केही दिनअघि मात्रै उर्जामन्त्री वर्षमान पुनले काठका पोल विस्तापित गर्ने उद्घोष गरेका थिए । काठे पोलका कारण विद्युत आपूर्तिमा बारम्बार समस्या आउने गरेकाले विस्थापित गर्न लागेको बताएका थिए । 

यस्तै, विद्युत सेवा अवरुद्ध हुँदा बेलकोट, रानीपौवा र खरानीटार गाउँ अन्धकार भएका छन् । क्षति पुगेका ठाउँमा नयाँ फलामे पोल परिवर्तन गरेर मंगलबार साँझसम्ममा आपूर्ति नियमति गरिने प्राधिकरणको वितर केन्द्रले जनाएको छ । 

झरीका कारण कारण भक्तपुरका आधा दर्जन बढी स्थानमा पनि विद्युत आपूर्ति बन्द भएको छ । भक्तपुर वितरण केन्द्र अन्तर्गत कटुन्जे फिडरका ६ वटा ट्रान्सफर्मर बन्द गरिएको छ । कटुन्जेमा एउटा विद्युतीय पोल ढल्ने अवस्थामा पुगेकाले दुुर्घटना हुन नदिन आपूर्ति बन्द गरिएको वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले बताए । 
नगरकोट फिडर अन्तर्गत खरिपाटी माथिको होटल क्षेत्रको विद्युत आपूर्ति पनि बन्द छ । त्यो क्षेत्रको आपूर्ति नियमित गर्न प्राविधिक टोली खटाइएको वितरण केन्द्रले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ