arrow

निर्दयी तरिकाले पशुपक्षी ढुवानी नगर्न अन्तरिम आदेश

logo
प्रकाशित २०७५ साउन २२ मंगलबार
supreme-court-news.jpeg

काठमाडौँ । सर्वोच्च अदालतले क्रूर र निर्दयी तरिकाले पशुपक्षी ढुवानी नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । 

मासु उत्पादनका लागि ढुवानी गरिने पशुपक्षीमाथि क्रूर र अमानवीय व्यवहार भएको हुँदा सो कार्य रोक्न माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठ र षट्कोण श्रेष्ठले गत साउन १३ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

निवेदनमा पशु ढुवानी मापदण्ड, २०६४ मा भएको कानूनी व्यवस्था कार्यान्वयन गर्नसमेत माग गरिएको छ । अदालतले दुवै पक्षलाई आगामी भदौ ३ गते छलफलका लागि बोलाइएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ