मोटरसाइकल आपसमा ठोकिंदा एकको मृत्यु, एक गम्भीर घाइते
प्रकाशित २०७५ साउन २२ मंगलबार
727
Shares
मोरङ । मोरङको सुनवर्षी नगरपालिका ६ झप्पड तालमा सोमबार बेलुकी २ वटा मोटरसाइकल आपसमा ठोकिंदा १ जनाको मृत्यु भएको छ भने १ जना भने गम्भीर घाइते भएका छन् ।
बेलुकी ७ बजे मे ६ प ६६९४ र मे ३ प ९३१० नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए । मृत्यु हुनेमा ६६९४ नम्बरको मोटरसाइकलका चालक मोरङकै रतुवामाइ नगरपालिका २ का ५५ वर्षिय जगदिश साह रहेका छन् ।
उनको उपचारको क्रममा सिद्धार्थ अस्पताल रंगेलीमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते अर्का मोटरसाइकलका चालक सुनवर्षी नगरपालिका ६ का रुपनारायण ताजपुरीयाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी रंगेलीले जनाएको छ।