arrow

'पृथ्वीको तापक्रम घातक अवस्थामा'

logo
प्रकाशित २०७५ साउन २२ मंगलबार
world-climate.png

काठमाडौं । पृथ्वीको तापक्रम घातक अवस्थामा पुगेको एक विवरणले देखाएको छ । तापक्रम घटाउनका लागि अहिले विश्वव्यापीरुपमा विभिन्न किसिमका कदमहरु चालिएका भए पनि तापक्रम घातक अवस्थामा पुगेको एक अध्ययनले देखाएको हो । 

अनुसन्धानकर्ताहरुले अबको केही समयमा नै पृथ्वीको तापक्रमले अत्यधिक विन्दु पार गर्ने बताएका छन् । जसको कारण समुद्री सतह बढ्ने खतरा रहेको उनीहरुले बताएका हुन् । सम्झौताअनुसार विश्वका मुलुकहरुले कार्बनडाइअक्साइडलाई नियन्त्रणमा राख्न सके पनि यो तापक्रमलाई तल्लो विन्दुमा ल्याउन निकै कठिन रहेको उनीहरुको भनाइ छ । 

यदि वार्षिक हिसाबमा २ डिग्री सेल्सियसले तापक्रम बढ्दा पनि पृथ्वीको तापक्रम केही समयमा नै अत्यधिक विन्दुभन्दा माथि पुग्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । 

यसअघि पेरिस सम्झाैतामा वार्षिक हिसाबमा २ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धि हुने गरी कार्बन डाइअक्साइडलाई नियन्त्रण गर्ने प्रतिबद्धता विश्वका मुलुकहरुले जनाएका थिए तर सम्झौताअनुसारको काम भने हुन नसकेको विभिन्न विवरणहरुले देखाउँदै आएका छन् । 

अहिले गरिएको अनुसन्धानमा पृथ्वीको वायुमण्डलको तापक्रमलाई सन्तुलित अवस्थामा राख्नका लागि वार्षिक चार अर्ब ५० करोड टन बराबरको कार्बनडाइअक्साइड जंगल, समुद्र तथा अन्य प्राकृतिक चिजहरुले सोस्नुपर्ने हुन्छ । 

यद्यपि पछिल्लो समय व्यापक मात्रामा पृथ्वीको तापक्रम बढिरहेको अनुसन्धानले देखाएको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ