arrow

स्तनपान गराउने प्रदेश २ मा सबैभन्दा कम  

अझै ३४ प्रतिशत आमाले शिशुलाई पूर्णरुपमा स्तनपान गराउदैनन्  

logo
प्रकाशित २०७५ साउन २२ मंगलबार
stanpan1.JPG

काठमाडौं । पोषण मानव जीवनको आयाम हो, जो बच्चा जन्मिने बित्तिकै आमाको दुधबाट पाईन्छ । आमाको बिगौति दुध खान पाउनु भनेको जीवनभरका लागि स्वस्थ र तन्दुरुष्त बनाउनका लागि अचुक उपाय हो । 

आमाको दुध नै शिशुका लागि पहिलो खोपको काम गर्छ । यसले शारिरीक र मानसिक स्वास्थ्य बलियो बनाउनका लागि मात्र नभई समृद्धिका लागि पनि महत्वपूर्ण भूमिका राख्दछ । स्तनपानले बालबालिका लाई हुने झाडापखाला, निमोनिया लगायतका  रोग लाग्न नदिने मात्र नभई  रोग संग लडन सक्ने क्षमता पनि अभिबृद्धि गराउँछ । 

आमाको दुधको अभावले शिशुको मृत्यु हुने तथा रोग लाग्ने खतरा उच्च हुने गरेको संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । स्तनपानले नवजात शिशुमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै  शक्ति प्राप्त गर्छन । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा पोषण सगै बिभिन्न तत्व दिन्छ । 

जन्मेदेखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध उत्तम आहार हुनुका  साथै यो जीवन रक्षक आहार पनि हो । स्तनपानले बालबालिकामा हुने भोकमरी तथा सबै प्रकारका कुपोषणबाट जोगाउँछ । थप भारबिनै बालबालिकाको भोक मेटाउने उत्कृष्ट माध्यम हो, स्तनपान । यसले गरिबी कम गर्नका लागि पनि सहयोग गर्छ । स्तनपान पोषण, खाद्य सुरक्षा र गरिबी कम गर्ने बलियो माध्यम हो  ।

स्तनपान गराउने प्रदेश दुईमा सबैभन्दा कम
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पहिलो एक घण्टामा स्तनपान गराउनेको संख्या प्रदेश नं २ मा सबैभन्दा कम अर्थात् ४५.३ प्रतिशत छ ।

यसैगरी प्रदेश नम्बर ७ मा सबैभन्दा धेरै ७०.७ प्रतिशत रहेको छ ।  राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदनले जन्मेको पहिलो घण्टामा स्तनपान गराएका नवजात शिशु जीवित रहने सम्भावना धेरै हुने औँल्याएको छ । 

स्तनपान सप्ताह सकिदै 
स्तनपान : जीवनको आधार  नाराका साथ सुरु भएको बिश्व स्तनपान सप्ताह मंगलबार सकिदैछ । प्रत्येक बर्षको अगस्त १ तारिख देखि ७ तारिखसम्म बिभिन्न जनचेतना मुलक कार्यक्रम गरी स्तनपान सप्ताह मनाईएको  छ ।

नेपालमा हरेक आमाले आफना शिशुलाई नियमित रूपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गराउने उद्धेश्यले  एक सातासम्म स्तनपान सप्ताह मनाउने गरिएको छ । सप्ताह अवाधिभर ७७ वटै  जिल्ला तथा स्थानीय स्तरमा स्तनपान सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरिएको स्वास्थ्य सेवा  विभागले जनाएको छ । 

स्वास्थ्य सेवा  विभागका अनुसार ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान नगराउने भेटिएको छ । 
सन २०१६ को तथ्यांक अनुसार नेपालमा पूर्ण रुपमा स्तनपान गराउनेको संख्या ६६ प्रतिशत छ भने शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ ।  सन् २००६ मा एक घण्टाभित्रै स्तनपान गराउने दर ३५ प्रतिशत रहेको थियो र सन् २०१६ मा यो संख्यामा वृद्धि भई ५५ प्रतिशत पुगेको बिभागले जनाएको छ ।

४५ प्रतिशत शिशुले जन्मेको एक घण्टाभित्र आमाको बिगौति दुध खानबाट बञ्चित हुने गरेका छन् । शिशुलाई कहिल्यै पनि स्तनपान नगराईएको प्रतिशत भने एक छ ।  आमाको दूधलाई शिशुको पहिलो खोपको रुपमा पनि लिने गरिएको छ ।

सहस्राब्दी विकास लक्ष्यप्राप्तिमा स्तनपान कार्यक्रमको भुमिका 
सहस्राब्दी विकास लक्ष्य अनुसार सन २०३० सम्ममा ५ वर्ष मुनिका  बालबालिकाको मृत्युदर अन्त्य गर्ने लक्ष्य प्राप्तिका लागि पनि स्तनपान कार्यक्रम महत्वपूर्ण छ । सबै देशले प्रति हजार जीवित जन्ममा नवजात शिशु लाई कम्तिमा १२ र ५ वर्ष मुनीका बालमृत्युलाई कम्तिमा २५ मा सिमित राख्ने लक्ष्य राखेको छ । 

नेपालले सहश्राब्दी विकास लक्ष्य मा मातृ तथा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर घटाउन उल्लेख्य प्रगति हासिल गरिसकेको छ भने विशेष गरि १ वर्ष मुनिका बालबालिकाको मृत्यु दर पनि लक्ष्य को नजिक पुगेको अवस्था छ भने नवजात शिशुको मृत्युदरमा भने उल्लेखनीय उपलब्धी हुन सकेको छैन   । नेपालमा प्रतिवर्ष करिब ६ लाख ६० हजार नवजात शिशुहरुको जन्म हुने गर्दछ भने, यी मध्ये करिब १३ हजार नवजात शिशु जन्मेको २८ दिन भित्रै मृत्यु को मुखमा पुग्ने गर्दछन् । पाँच वर्ष भन्दा मुनिका बालबालिका को मृत्यु को करिब ५५ प्रतिशत हिस्सा नवजात शिशु को मृत्यु को हुने गरेकाले यसको न्युनिकरणका लागि पनि स्तनपान कार्यक्रमले सहयोग पुग्नेमा विज्ञहरुको जोड छ । 

जन्मिएको एक घण्टा भित्र आमाको दूध खान पाएका शिशुको स्वास्थ्य निकै राम्रो हुने भए पनि अहिले पनि हरेक वर्ष विश्वका ७८ करोड नवजात शिशुले जन्मिएको एक घण्टा भित्र दूध खान पाएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ