arrow

नयाँ मौद्रिक नीतिले बचाउला त इरानको अर्थतन्त्र ? 

logo
प्रकाशित २०७५ साउन २२ मंगलबार
centeral-bank-iran.jpg

एजेन्सी। इरानले पछिल्लो समय मडारिरहेको आर्थिक संकटबाट पार पाउनका लागि नयाँ मौद्रिक नीति अल्याएको छ।  इरानको केन्द्रीय बैंक (सीबीआई) ले सोमबार मुलुकको मुद्रा बचाउनका लागि सो नीति अघि सारेको हो। 

वैदेशिक मुद्राको तुलनामा गत साता इरानी मुद्रा अहिलेसम्मकै सबैभन्दा कमजोर अवस्थामा पुगेको अवस्थामा इरानले त्यसमा सुधारको लागि यो योजना ल्याएको हो। अहिले इरानले अघि सारेको योजनामा मुद्रामाथिको प्रतिबन्ध हटाउने र आफ्ना अधिकारीहरुलाई मुद्रा विनिमयका गतिविधिहरुमा पनि रोक लगाउने निर्णय गरेको छ। सीबीआईका प्रमुखले अहिले इरानको समस्या समाधानको लागि यो नीति निकै महत्वपूर्ण रहेको बताए। 

इरानले आफ्नो मुलुकको समस्या समाधानको लागि नयाँ गभर्नर तोक्ने निर्णय गरेको थियो। नयाँ गभर्नर आएपछि इरानको आर्थिक क्षेत्रमा महत्वपूर्ण सुधार आउने भएको हो। इरानका राष्ट्रपति हसन रोउहानीले अहिले ल्याएको नयाँ नीतिको प्रशंसा गरेका छन्। यसले मुलुकमा रहेको मुद्राको बजारमा नियन्त्रण गर्ने र आर्थिक गतिविधिहरु बढाउनका लागि महत्वपूर्ण सहयोग पु्‍र्‍याउने बताएका छन्। उनले आगामी दिनमा मुलुकको अर्थतन्त्रमा स्वतन्त्ररुपमा विस्तारको लागि यस्ता नीतिहरु फलदायी हुने बताए। 

यसैबीच इरानको सरकारले केही उपभोग्य सामग्रीहरुको मूल्य तोक्ने निर्णय पनि गरेको छ। मूल्यमा एकरुपताको लागि इरानको सरकारले यस्तो योजना ल्याएको हो। सीबीआईका प्रमुखले स्वतन्त्र बजारको अवधारणाले अहिले केही कमजोर अवस्थामा रहेको मुलुकको लागि आर्थिक हिसाबमा व्यापक सुधार गर्ने योजना अघि सारेका हुन्। विदेशी मुद्राहरुको मूल्य व्यापक बढाउने निर्णय गरेसँगै इरानको मुद्रा विश्व बजारमा कमजोर बन्दै गएको हो। 

गत मे महिनामा अमेरिका सन् २०१५ मा भएको इरान सम्झौताबाट बाहिरिने निर्णय गरेसँगै इरानको अर्थतन्त्रको विषयमा पनि विभिन्न किसिमको आशंकाहरु उब्जिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ