जिल्ला अस्पतालको फार्मेसीमा तीन लाख भ्रष्टाचार भएको खुलासा
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ साउन २२ मंगलबार
411
Shares
बझाङ। जिल्ला अस्पतालमा संञ्चालनमा रहेको फार्मेसीमा ३ लाख घोटाला भएको रहस्य खुलेको छ । फार्मेसीमा रकम हिनामिना भएको हुन सक्ने गुनासो आएपछि हेल्थ असिस्टेन दिपक बहादुर ऐडीको संयोजकत्वमा २ सदस्य छानविन टोलीले बुझाएको प्रतिबेदनमा ३ लाख रुपैपा हिनामिना भएको रहस्य बाहिर आएको हो ।
जिल्ला स्वास्वास्थ्य कार्यलयकाको परिसरमा सञ्चालन गरिएको फार्मेसीमा घोटाला भएपछि जिल्ला स्वास्थ्य कार्यालयले छानविन समिती गठन गरि छानविन सुरु गरेको थियो । बेला बेलामा रकम हिनामिना भएको खबर आई रहने जिल्ला स्वास्थ्य कार्यालयमा यसरी फार्मेसीको हिसाव किताब पारदर्षी नभएको , मनोमानी हिसावाले निजी मेडिकल जस्तै गरि सञ्चालनमा ल्याए पछि ब्यापक गुनासो बढेको थियो ।
जिल्ला स्वास्थ्य कार्यलयका कार्यलय प्रमुख डाक्टर अनुप रेग्मीले जिल्ला अस्पतालमा संञ्चालन गरेको फार्मेसिमा तीन लाख रुपैया हिनामिना भएको बताए । उनले भने 'फार्मेसीको हिसाव पारदर्षी थिएन त्यसैले छानविन समिती बनाई छानविन गर्दा घोटाला भएको भेटियो ।' हेल्थ असिस्टेन दिपक बहादुर ऐडीको संयोजकत्वमा २ सदस्य छानविन टोलीले बुझाएको प्रतिबेदनमा ३ लाख रुपैपा हिनामिना प्रतिबेदनमा उल्लेख छ । ऐडीले आफुले तयार पारेको प्रतिबेदन अस्पताल विकास समीतीलाई बुझाई सकेको जानकारी दिए ।
फार्मेसीको रकम हिनामिना गर्नमा फार्मेसीमा बस्ने २ जना कर्मचारी सहीत अन्य ५।६ जनाको संग्लग्नता पाईएको प्रतिबेदनमा उल्लेख छ । केही रकम फार्मेसीका कर्मचारीले राख्ने केही रकम लेखामा बुझाउने कर्मचारीले राख्ने र केही रकम लेखापालले समेत राख्ने गरेका कारण उक्त रकम हिनामिना भएको बुझिएको छ । कुन कर्मचारीले कती रकम हिनामिना गरेका छन् भन्ने खुल्न सकेको छैन । फार्मेसीमा जम्मा भएको रकम सदरमुकाम चैनपुरमा रहेको सिटीजन बैङ्कमा जम्मा गर्नु पर्ने हुन्छ । केही रकम मात्रै जम्मा हुने भए पनी बाँकी रकम सबै यहाँका कर्मचारीहरुको मिलेमतोमा नै बाँडफाँड गरी हिनामिना भएको प्रतिबेदनमा उल्लेख छ ।
अस्पताल विकास समितीले उक्त रकम असुल गर्नका लागी सम्बन्धीत कर्मचारीहरुलाई पत्र काट्ने निर्णय गरेको जनाईएको छ । अहिले फार्मेसीमा काम गर्ने कर्मचारी नभएका कारण फार्मेसी दुई हप्ता देखी बन्द रहेको कार्यलय प्रमुख डाक्टर अनुप रेग्मीले बताए । कर्मचारीहरुले फार्मेसीमा काम गर्न नसक्ने भन्दै छोडे पछी फार्मेसी बन्द गर्नु परेको डाक्टर रेग्मीको भनाई छ । अहिले फार्मेसीमा कर्मचारीका लागी दरखास्त आवाहान गरेको छ । डाक्टर रेग्मीले अबको केही दिनमा नै फार्मेसी संचालनमा आउने बताए । फार्मेसीमा भएको रकम हिनामिनाको विषयमा भने कार्यलय प्रमुख डाक्टर रेग्मीले पत्राचार भै सकेको र कानुनी प्रकृयामा गएर भए पनी रकम असुल गर्ने जानकारी दिए । जिल्ला अस्पताल भित्रै संचालनमा ल्याईएको फार्मेसी २०७३ सालमा संचालनमा आएको हो ।