arrow

सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै

logo
प्रकाशित २०७५ साउन २२ मंगलबार
sikkim.jpg

पाँचथर । भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाँउलाई नेपालको सिमानामा रहेको चिवा भन्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ ।

नेपाल सिक्किमबीच प्रवेश बिन्दु चिवा भन्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पुर्‍याउनुका साथै सिक्किम र नेपाल जोड्ने पहिलोस्तरीय सडक सम्पर्क हुने बताइएको छ । १०० किमीसम्म सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक सम्पर्क छैन ।

उत्तरी–चिवा भन्ज्याङ मार्ग १८ किलोमिटर लामो हुनेछ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु विनियोजन गरेको सोसडक यो वर्षको माघसम्म निर्माण भइसक्ने आशा गरिएको छ ।

शहरी विकास र आवास विभागमन्त्री एनके सुब्बाले यो सडक धेरै पहिले निर्माण भइसक्नुपर्ने थियो तर वातावरणीय अनुमतिमा भएको ढिलाइले निर्माण कार्य ढिलो भएको बताउनुभयो । “हाल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । पुसको मध्यसम्म सडक निर्माण भइसक्ने अनुमान गरिएको छ ।” उनले भने।
 
स्थानीयका अनुसार खुला सिमानाको कारण दुवैतर्फका जनताले वर्षौंदेखि सानो स्तरमा यहाँबाट व्यापार गरिरहेका थिए । “नून, चिनी तथा मट्टितेलजस्ता सामग्री पहिलेदेखि सीमा क्षेत्रमा व्यापार हुन्थ्यो ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ