arrow

महिला हिंसाविरुद्ध राप्रपाको महिला संगठन सडकमा

logo
प्रकाशित २०७५ साउन २२ मंगलबार
rpp-nara.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भगीनी संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले  मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । संगठनले महिला र बालबालिकामाथि श्रृंखलाबद्ध हत्या, हिंसा र बलात्कार भईरहेको विरोधमा मंगलबार काठमाडौंको माईतीघर मण्डलामा र्‍यालीसहित प्रदर्शन गरेको हो ।

र्‍यालीपछि माइतिघर मण्डलामा आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रमसंका अध्यक्ष कुन्ति कुमारी शाहीले केही समय यता श्रृंखलाबद्ध रुपमा महिलामाथि बलत्कार, हत्या र नारी अस्मितामाथि निरन्तर प्रहार भइरहेको र दुइतिहाइको सरकार मुकदर्शक भएर बसेकोले राप्रमसं सडकमा आउनुपरेको बताइन् ।

 नारी अस्मितामाथी चर्को प्रहार गर्ने दुर्गा प्रसाईंलाई समेत हालसम्म कारबाही गर्न नसक्ने सरकारलाई उनले ‘लाचार’ को संज्ञा दिइन् । राप्रमसं केन्द्रीय कार्य समितिले सुरु गरेको विरोध प्रदर्शन अब महिलाहरुकै नेतृत्वमा ७७ वटै जिल्लामा सम्पन्न गरिने उनले जानकारी दिए ।

सभालाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता रोशन कार्कीले महिला र बालबालिकामाथि श्रृंखलावद्ध रुपमा भईरहेको हत्या, हिंसा र बलात्कारका घटना तत्काल रोक्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्नु परेको बताइन् । शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णत असफल भएको दावी गर्दै उनले गृहमन्त्री थापाको राजीनामा समेत मागिन् ।  

विरोध र्‍यालीमा सहभागीहरुले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । बबरमहलबाट सुरु भएको विरोध र्‍याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । सहभागीहरुले बलात्कारीलाई कडा कार्वाही नगरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

महिला हिंसाविरुद्धको प्रदर्शनमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, विभिन्न भातृ संगठनका पदाधिकारीहरु, पार्टीका महिला नेतृहरु तथा राप्रपासँग आवद्ध उपत्यकाका महिलाहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ