arrow

सर्वोच्चले छिट्टै नेतृत्व पाउँछ भनेका प्रचण्डले कामु प्रन्याबारे मुख खोलेनन्

logo
प्रकाशित २०७५ साउन २२ मंगलबार
pmprachandadahal.jpeg

बारा । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले छिट्टै नयाँ नेतृत्व पाउने बताएका छन् । बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले सर्वोच्च अदालतले इमान्दार र कर्तव्यनिष्ट नेतृत्व पाउने बताए ।  

उनले, ‘संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले छिट्टै टुङ्गो लगाउनेछ’ भने । न्यायपालिकालाई लामो समय नेतृत्वविहिन राख्न नहुने दाहालको भनाई छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीशको बारेमा सोधिएको प्रश्नमा उनले केही जवाफ दिएनन् ।

उनले संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्नुले संसद्को सर्वोच्चता स्थापित भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा २१ साउनबाट वीरगञ्जमा शुरु भएकोे जिल्ला तथा नगर उद्योग वाणिज्य संघको जिल्ला भेलामा सहभागी हुन दाहाल बारा पुगेका हुन्  । उनले जिल्लामा पार्टी कार्यकर्ताहरुसँग भेटघाट समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ