arrow

तमिलनाडुका पूर्वमुख्यमन्त्री करुणानिधिको निधन, अन्त्येष्टिबारे रातभर प्रधानन्यायाधीशको घरमै बस्यो बेन्च

८० वर्षको राजनीतिक करियरमा कहिल्यै हारेनन्, ५ पटक मुख्यमन्त्री बने

logo
प्रकाशित २०७५ साउन २३ बुधबार
karunanidhi.jpg

काठमाडौं । भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको ९४ वर्षको उमेरमा निधन भएको छ । चेन्नइस्थित एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । 

तमिलनाडु सरकारले उनको मृत्युप्रति शोक व्यक्त गर्दै बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गत जुलाई २८ मा उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । दुई वर्षदेखि उनी बिरामी हुँदै आएका थिए । 

८० वर्ष सक्रिय राजनीतिमा रहेका करुणानिधि ५ पटक तमिलनाडुको मुख्यमन्त्री बने ।

१३ पटक विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका करुणानिधिले कुनै पनि चुनाव हारेका थिएनन् ।

उनी सन् २०१६ को विधानसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए ।

करुणानिधिले करिब ५० वटा तमिल भाषामा निर्मित फिल्मको पटकथा तथा संवाद लेखनसमेत गरेका थिए ।

यसैबीच करुणानिधिको अन्त्येष्टि कहाँ गर्ने भन्ने विवाद अदालतमा पुगेको छ । यसको निर्णय बुधबार बिहान ८ बजेपछि अदालतले दिने भारतीय संचारमाध्यमले जनाएका छन् । 

उनीको पार्टीले मरिना तटमा अन्त्येष्टि गर्नुपर्ने माग गरेको छ । यो तटमा तमिलनाडुका वरिष्ठ राजनीतिज्ञको अन्त्येष्टि हुँदै आएको हो ।

तर प्रदेश सरकारले यसलाई अनुमति दिएको छैन । पूर्व मुख्यमन्त्री जयललिताको समाधिस्थल भएकै ठाउँ मरिनामा अन्त्येष्टि चाहे पनि अनुमति नदिइएपछि समस्या भएको हो । समर्थकहरु राति उच्च अदालत गए पनि समस्या सुल्झेन । राति ११ बजेपछि कायममुकाम प्रधानन्यायाधीशको घरमै बेन्च बसेको थियो । 

दुई घण्टा सुनुवाइ चले पनि निष्कर्ष निस्केन । बुधबार बिहान ८ बजेसम्मका लागि सुनुवाई स्थगित गरिएको थियो ।  

DMK chief M Karunanidhi dies at 94 years updatesDMK chief M Karunanidhi dies at 94 years updates

DMK chief M Karunanidhi dies at 94 years updates

DMK chief M Karunanidhi dies at 94 years updates



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ