arrow

मौसमको भरै भएन, शुक्रबार फेरि बहाब बढ्ने 

logo
प्रकाशित २०७५ साउन २३ बुधबार
weather.jpg

काठमाडौं । विगत केही दिनको तुलनामा बुधबार मौसममा हल्का सुधार आएको छ । बुधबारदेखि मौसममा सुधार आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तर शुक्रबार भने फेरि खतरा औंल्याइएको छ । बाढी पूर्वानुमान शाखाले बुधबार र बिहिबार देशभरका मुख्य नदीहरूमा पानीको बहावले खतरा तह पार गर्ने संभावना न्युन रहको जनाएको छ । 

तर शुक्रबार देशैभरका प्रायः नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा पूर्वी र पश्चिमी भागको चुरेबाट बहने नदीहरूमध्ये केहीमा बहाव सतर्कता तह आसपास पुग्ने पुर्वानुमान गरिएको छ । 

अबको तीन दिनसम्म देशका धेरै ठाउँको मौसम आंशिक बदली हुनेछ । तर छिनछिनमा मनसुन परिवर्तन भएकाले यकिन नै गर्न सक्ने अवस्था नभएको र वर्षा भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ