arrow

कोलम्बियाका नवनिर्वाचित राष्ट्रपतिले लिए शपथ 

logo
प्रकाशित २०७५ साउन २३ बुधबार
colombia.jpg

काठमाडौं । कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति इभान ड्युकले मंगलबार पदको शपथ लिएका छन् । शपथको क्रममा उनले मुलुकलाई एक बनाएर अघि बढाउने र आर्थिक वृद्धिदरमा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । 

कोलम्बियामा नयाँ पार्टीले जित हासिल गरेको हो । जुन महिनामा भएको सो निर्वाचनमा जित हासिल गरेसँगै सो पार्टीका नेताले अहिले मुलुकको राष्ट्रपतिको रुपमा शपथ लिएका हुन् । मंगलबारको शपथको क्रममा पूर्व वकिल पनि रहेका ड्युकले भ्रष्टाचार हटाउँदै मुलुको अर्थतन्त्रमा व्यापक सुधार गर्ने बताएका हुन् । 

उनले यसअघि विद्रोही फार्कसँगको शान्ति सम्झौतामा पनि परिवर्तन हुने बताएका छन् । निवर्तमान राष्ट्रपति जुआन म्यानुअल सान्तोषले ड्यकलाई यसअघिका सबै सम्झौताहरुको सम्मानका लागि आग्रह गरेका छन् । 

ड्युकले आफूहरु कोलम्बियाको शान्तिका प्रक्रियाहरुका लागि प्रतिबद्ध रहेको बताएका छन् । यद्यपि उनलाई केही युद्धको अपराधको आरोप लागिरहेको छ । जुन महिनामा भएको निर्वाचनमा प्रजातन्त्रवादी पार्टीलाई १२ सिटले पराजित गर्दै उनको पार्टीले ५४ प्रतिशत मत पाएको थियो । 

ड्युक ४२ वर्षमा नै राष्ट्रपतिको रुपमा चुनिने सबैभन्दा कान्छा राष्ट्रपति हुन् । त्यसैगरी उनकै पार्टीकी मार्टा लुसिया रामिरेज मुलुकको पहिलो महिला उपराष्ट्रपति बन्न सफल भएकी छिन् । 

ड्युकलाई राष्ट्रपति बनेसँगै छिमेकी मुलुक भेनेजुयलासँगको तनाव कम गर्ने महत्वपूर्ण चुनौती रहेको छ । केही दिनअघि मात्र भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरोले कोलम्बियाले आफूमाथि ड्रोन आक्रमण गरेको आरोप लगाएका थिए । कोलम्बियाले भने यो आरोप आधारहीन रहेको बताएको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ