arrow

टामिलनाडुका पूर्व मुख्यमन्त्रीको अन्येष्टि मरिना तटमा नै हुने

logo
प्रकाशित २०७५ साउन २३ बुधबार
karunanidhi.jpg

काठमाडौं । भारतको टामिलनाडुका पूर्व मुख्यमन्त्री एम करुणानिधिको अन्त्योष्टि मरिना तटमा नै हुने भएको छ । भारतको उच्च अदालतले उनको अन्त्येष्टिका लागि सो क्षेत्रमा ठाउँ मिलाउने फैसला सुनाएको हो । 

अदालतले टामिलनाडुको सरकारलाई अन्ना मेमोरियल नजिकै अन्त्येष्टिका लागि स्थान मिलाउन निर्देशन दिएको हो । मंगलबार निधन भएका उनको अन्त्येष्टिको लागि बुधबार सो फैसला सुनाइएको हो । 

टामिलनाडुको सरकारले यो क्षेत्र अन्त्येष्टिको स्थान मिलाउन नसकिने भन्दै आएको थियो । यस्तोमा अदालतले उनको अन्त्येष्टिका लागि स्थान मिलाउन निर्देशन दिएको हो । 

टामिल मानिसहरुको आस्थाको केन्द्र मानिने यो स्थानमा पूर्व मुख्यमन्त्रीको अन्त्येष्टि गरी करुणानिधिको सम्मान गरिनुपर्ने बताइएको हो ।
८० वर्ष सक्रिय राजनीतिमा रहेका करुणानिधि ५ पटक तमिलनाडुको मुख्यमन्त्री बनका थिए । १३ पटक विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका करुणानिधिले कुनै पनि चुनाव हारेका थिएनन् ।

उनी सन् २०१६ को विधानसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए । करुणानिधिले करिब ५० वटा तमिल भाषामा निर्मित फिल्मको पटकथा तथा संवाद लेखनसमेत गरेका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ