‘बोलबम’ यात्रामा गएका जीतेन्द्रको मोटरसाइकल दुर्घटनामा मृत्यु
प्रकाशित २०७५ साउन २३ बुधबार
913
Shares
गौशाला। भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा गाएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै गरेको अवस्थामा भागलपुर जिल्लामा भएको दुर्घटनामा जीतेन्द्रको मृत्यु भएको उनका भाइ लक्ष्मी मण्डलले बताए। दुई दिनअघि दुर्घटनामा परी गम्भीर घाइते भएका जीतेन्द्रको हिजो बेलुका भारतकै सिलिगुडीमा उपचारको क्रममा मृत्यु भएको थियो।
उन तत्कालीन नेकपा एमालेका नेता रामदयाल मण्डलका भतिजा तथा गत स्थानीय निर्वाचनमा जलेश्वर नगरपालिकामा नेकपा (एमाले)बाट प्रमुख पदका प्रत्यासी रहेका माधव मण्डलका छोरा हुन्। रासस