arrow

घट्दो क्रममा भारतको महिला रोजगारी

करिब एक चौथाइको मात्र हिस्सा 

logo
प्रकाशित २०७५ साउन २३ बुधबार
indian-women.jpg

काठमाडौं । पछिल्लो समय भारतमा महिलाको रोजगारीको विषयमा चर्चा बढ्दो क्रममा रहेको छ । भारतको रोजगारीमा महिलाहरुको भूमिका निकै कम रहेको कारण पनि यो मुलुकमा महिला रोजगारीको विषयले प्राथमिकता पाएको हो । 

जी२० को एक सदस्य रहेको भारत महिला रोजगारीको हिसाबमा उक्त संगठनमा साउदी अरेबियाभन्दा मात्र अगाडि छ । यसले पनि भारतको महिला रोजगारीको विषय चासोको विषय बन्न पुगेको हो । 

भारतमा सन् २००५ यता भारतको महिला रोजगारीको क्षेत्रको हिस्सा गिरावटको क्रममा छ ।  सन् २००५ मा भारतमा महिला रोजगारीको हिस्सा ३५ प्रतिशतमा रहेकोमा अहिले त्यसमा गिरावट आउँदै २६ प्रतिशतमा झरिसकेको छ । 

यद्यपि मुलुकको अर्थतन्त्रमा भने यो अवधिमा उल्लेख्य वृद्धि भइसकेको छ । यो अवधिमा भारतको समग्र अर्थतन्त्र दोब्बरभन्दा बढी पुगिसकेको छ । 

यसले भारत जति धेरै धनी बन्दै जान्छ, माहिला रोजगारी त्यति कम हुँदै गएको देखिन्छ । धेरै भारतीय घर परिवारहरुमा महिलाहरु घरबाट बाहिर निस्किनुहुन्न भन्ने मानसिकता रहेको कारण रोजगारीमा महिलाहरुको हिस्सा कमजोर बन्न पुगेको हो । साथै भारतको सामाजिक सवस्थाको कारण पनि रोजगारीमा उनीहरुको हिस्सा उल्लेख्य रहनसक्ने अवस्था छैन । 

भारतको सामाजिक अवस्थाको कारण धेरे महिलाहरु घरमा नै बस्न बाध्य रहेका छन् । सन् २०१२ को विवरणअनुसार ८४ प्रतिशत भारतीयहरु पुरुषलाई महिलाको तुलनामा बढी रोजगारीको अधिकार रहेकोमा विश्वास गर्छन् । पछिल्लो समय रोजगारीमा विस्तार भइरहेको अवस्थामा ४१ प्रतिशत युवा भारतीयहरु विवाहित महिलाले काम नगरेको राम्रो हुनेमा विश्वास गर्छन् । 

यद्यपि भारतमा लैङ्गिक समानताको आधारमा कार्यशक्ति हुने हो भने भारतको अर्थतन्त्रमा २७ प्रतिशतको विस्तार हुनसक्ने देखिन्छ । भारतमा काम गर्ने महिलाहरुको योजना पनि आफ्ना बालबालिकामा लगानी गर्ने हुने गरेको छ । 

धेरै मानिसहरु अहिलेको अवस्थामा सुधारको लागि मानिसहरुको सोच तथा स्वभावमा परिवर्तन हुनपर्ने बताउँछन् । अन्यथा भारतको अर्थतन्त्रका साथै सामाजिक हिसाबमा पनि भारत समस्यामा पर्नसक्ने विश्लेषकहरु बताउँछन् । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ