arrow

देउवा सिङ्गापुर प्रस्थान, निधिलाई दिए कार्यबाहक

logo
प्रकाशित २०७५ साउन २३ बुधबार
deuba-nidhi.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन् । बुधबार अपरान्ह १:३० बजे थाई एयरलाइन्सको उडानबाट देउवा सिङ्गापुर प्रस्थान गरेका हुन् ।

सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ सिङ्गापुर प्रस्थान गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

देउवाले आफु स्वदेश फर्कि नआउन्जेलसम्मका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को २४ (१२) बमोजिम नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ