arrow

इलामको पुवाखोलामा महिलाले सडकमै जन्माइन् शिशु

logo
प्रकाशित २०७५ साउन २३ बुधबार
ilam_district_map.png

इलाम ।  एक महिलाले सडकमै शिशु जन्माएकी छन् ।  इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधबार दिउँसो सडकमै शिशुलाई जन्म दिएकी हुन् । सुत्करी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माइन् ।

इलाम नगरपालिकाका–४ का अध्यक्ष नुतनदेव दुलालका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि स्वास्थ्य संस्था टाढा भएकै कारण स्वास्थ्यसम्बन्धी सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।

सडकको अवस्था राम्रो नभएपछि अस्पताल लैजान पनि मानिसकै भर पर्नुपर्छ । घरबाट पक्की बाटो वा अस्पतालसम्म पुग्न नै धेरै समय खर्चिनुपर्दा समस्या हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ