arrow

अमेरिकाद्धारा रुसमाथि प्रतिबन्ध 

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
usa-russia.jpg

काठमाडौं । अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको छ । पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलामा रुस दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

बेलायतको एक अनुसन्धानले नर्व एजेन्ट हमलामा रुस दोषी रहेको ठहर गरेपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको हो । तर रुसले भने आक्रमणमा संलग्नताको कडा रुपमा अस्वीकार गरेको छ ।

Sergei Skripal and his daughter Yulia

रुसमाथिको प्रतिबन्ध यही अगस्ट २२ तारिखदेखि लागू हुने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हैदर नार्टले बताए । यो प्रतिबन्ध विद्युतीय सामान र अन्य प्रविधिहरु निर्यातसँग सम्बन्धित हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ