arrow

गोक्यो हिमतालमा यसरी डुवेका रहेछन् तीन विद्यार्थी (भिडियो सहित )

३ मध्ये पेम्बानुरु शेर्पाको शब फेला

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
gokyo-himtal-students.jpg

सोलुखुम्बु। सोलुखुम्बुको गोक्यो हिमतालमा डुवेर बेपत्ता भएका तीन जना विद्यार्थी मध्ये एकजनाको शव भेटिएको छ। काठमाडौंबाट आएको शसस्त्र प्रहरीको गोताखोर टोलीले हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीको मध्ये एक जनाको शब निकाल्न सफल भएको हो ।

शसस्त्र प्रहरीको गोताखोर टोलीले गत शनिबार पौडी खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थी पेम्बानुरु शेर्पाको शब निकालेको हो।

बुधवार बिहान ९ः४५ देखि खोजीकार्य सुरु गरेको टोलीले मध्यान्ह १२ बजेतिर पेम्बाको शब निकालेको सोलुखुम्बुका प्रहरी निरिक्षक हरणकुमार यादवले जानकारी दिए। अझै बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खुम्जुङ माध्मीक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु शैक्षिक भ्रमणमा जाँदा तीन जना विद्यार्थी पौडी खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका थिए ।

सोहि स्थानमा रहेकै अर्का एक व्यक्तिको मोवाइलमा कैद भिडियोमा उनीहरु पौडी खेल्न शुरु गरेको र डुब्दै गरेको देख्न सकिन्छ। एकजना डुब्न खोजेपछि अरु दुईजना बचाउन जाँदा डुबेको भिडियोमा देख्न सकिन्छ। खिच्नेले आत्तिएर त्यसपछि खिच्न सकेको देखिदैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ