arrow

भिजा सकिए पनि २१ हजारभन्दा बढी भारतीयले छाडेनन् अमेरिका

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
us2.jpg

एजेन्सी। अमेरिकामा विश्वका धेरैजसो मुलुकका मानिसहरुको आकर्षण रहेको छ। जसको कारण भिजा सकिएपछि पनि अवैधरुपमा हजारौं मानिसहरु अमेरिकामा अवैधरुपमा बस्ने गरेका छन्। यसरी अवैधरुपमा अमेरिकामा बस्नेमा २१ हजारभन्दा बढी भारतीय नागरिकहरु रहेको एक विवरणले देखाएको छ।

उनीहरु सुरुमा वैध तरिकाले अमेरिका गए पनि अवैधरुपमा सन् २०१७ मा अमेरिकामै बसेको विवरणमा देखिएको हो। कुनै पनि भिजा भएका मानिसहरुका लागि भिजा सकिनुभन्दा अघि नै आफ्नो मुलुकमा फर्किनुपर्ने हुन्छ। भारत अवैधरुपमा अमेरिकामा बस्ने सबैभन्दा धेरै नागरिक भएको मुलुकको शीर्ष १० मध्येको एक हो। २०१७ मा १० लाख ७० हजारभन्दा बढी मानिसहरु बी१ र बी२ भिजामा अमेरिका गएका थिए। यस किसिमको भिजा कारोबार, यात्रा र पर्यटनको लागि प्रदान गरिन्छ। जसमध्ये १२ हसार ५ सय मानिसहरुले अझैसम्म अमेरिका छाडेका छैनन्। 

२०१६ मा पनि १० लाखभन्दा बढी भारतीय अमेरिका गएका थिए, त्यसमा १५ सय ७ सय मानिसहरु अमेरिकामै बसेका थिए। साथै विद्यार्थी भिजामा अमेरिका पुगेका चार हजारभन्दा बढी विद्यार्थीहरु भिजा सकिएपछि पनि फर्किएका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका सबै अवैध मानिसहरुलाई घर फर्काउनुपर्ने बताउँदै आएको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ