arrow

तीन दिनसम्म मौसमको यस्तो छ अवस्था

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
weather.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमको अवस्था सार्वजनिक गरेको छ । बिहिबार दिउँसो देशभर आंशिक बदली रहने तर मध्यान्हपछि सामान्य बदली भई केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहिबार राति देशभर सामान्य बदली भई केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जनाइएको छ । 

साउन २५ गते शुक्रबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको शाखाले जनाएको छ । 

पश्चिमी क्षेत्रका एक वा दुर्इ स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ । शुक्रबार राति पश्चिमका थोरै स्थानहरुमा तथा पूर्व  र मध्यका एक वा दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ। राति पश्चिमी पहाडी क्षेत्रका एक वा दुर्इ स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

साउन २६ गते शनिबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ। 

दिउँसो पश्चिमी क्षेत्रका एक वा दुर्इ स्थानहरुमा भारी वर्षा को सम्भावना देखिन्छ भने राति पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा भरि वर्षाको साथ साथै एक वा दुर्इ स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

नदीहरुमा भने उच्च बहावको सम्भावना नरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ